सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

बाटो नै नभएको ठाउँमा पाँच करोडको पुल बनाएको एमाले नेता बस्नेतले स्वीकारे

बाटो नै नभएको ठाउँमा पाँच करोडको पुल बनाएको एमाले नेता बस्नेतले स्वीकारे

  • मिडिया डबली
  • बुधवार, श्रावण १८ २०७९

  • 14.1K
    SHARES

  • बाटो नै नभएको ठाउँमा पाँच करोडको पुल बनाएको एमाले नेता बस्नेतले स्वीकारे

    काठमाडौं । एमाले नेता एवं गण्डकी प्रदेशका तत्कालीन मन्त्री रामशरण बस्नेतले दरौंदी नदीमाथि बनेको पुलका विषयमा अनावश्यक चर्चा र आलोचना भएको बताएका छन् । बाटो नभएको ठाउँमा पाँच करोडको पक्की पुल बनाएपछि बस्नेत अहिले आलोचित भइरहेका छन् । उनले आफ्नो बाबुको नाममा रहेको जग्गाकै छेउमा मोटरेबल पुल बनाएको स्वीकारेका छन् । उनले आफ्नो नाममा भने जग्गा नभएको दाबीसमेत गरेका छन् । 

    दरौंदी नदीमाथि बनेको पुलको एकातर्फ पहरा देखिन्छ भने अर्कोतर्फ धान खेत रहेकाले सबैले आफ्नो आलोचना गरेको उनको भनाइ छ । गोरखा नगरपालिकाको नारेश्वर र सिरानचोक गाउँपालिकाको जरेबर जोड्न बनाइएको पुललाई मोटर बाटोले छोएको छैन। मन्त्री भएकै बेला बस्नेतले पुल निर्माण गर्न स्वीकृति दिएका थिए ।

    images
    images
    images

    गण्डकी सरकार मातहत पूर्वाधार विकास कार्यालय गोरखाले बनाएको उक्त पुल अझै निर्माण सकिएको छैन। २०७७ जेठमा दुई वर्षभित्र सक्ने गरी पाँच करोड ३९ लाख ८० हजार रुपैयाँमा उक्त पुल बनाउन ठेक्का सम्झौता भएको थियो। पुल बनाउने ठेक्का पाएको हिन्दुम एण्ड ठोकर कन्स्ट्रक्सन, गोसाइँकुण्ड र आइएसएनएस निर्माण कम्पनीले जोइन्ट भेन्चरमा ठेक्का पाएका थिए।

    पुलपारि पहरा देखिएको ठाउँमा दुई सय मिटर बाटो बनाउन बाँकी छ भने वारि धानखेततर्फ सय मिटर बाँकी छ। स्थानीयवासीले धानखेत मासेर सडक बनाउन रोक लगाउँदा पुल अलपत्र परेको बताएका छन्। धानखेत मास्न नदिने किसानको अडानले पुलसम्म पुग्ने मोटर बाटोको ट्रयाक खोल्न बाँकी छ। बजेट सक्न र आफ्नो परिवारको नाममा रहेको जग्गाको भाउ बढाउनकै लागि बस्नेतले दरौंदी नदीमाथि बाटो नभए पनि पुल बनाउन लागेको भन्दै उनको आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९१०:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend