सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

नयाँ पार्टी खोल्न लागेका बाबुरामको उत्तराधिकारीको सूचीमा कांग्रेस नेता

नयाँ पार्टी खोल्न लागेका बाबुरामको उत्तराधिकारीको सूचीमा कांग्रेस नेता

  • मिडिया डबली
  • बुधवार, श्रावण १८ २०७९

  • 38.9K
    SHARES

  • नयाँ पार्टी खोल्न लागेका बाबुरामको उत्तराधिकारीको सूचीमा कांग्रेस नेता

    काठमाडौं - पछिल्लो सात वर्षमा डा.बाबुराम भट्टराईले चारवटा पार्टी चहारे । दोस्रो संविधानसभा निर्वाचनलगत्तै उनले तीन दशकदेखि क्रियाशील माओवादी त्यागे ।

    उनले माओवादी मात्र त्यागेनन्, कम्युनिस्ट पार्टी र सिद्धान्त नै त्यागे । नयाँ शक्ति, संघीय समाजवादी, राजपा हुँदै जसपामा रहेका बाबुरामले त्यो पार्टी पनि त्याग्ने अन्तिम तयारी गरेका छन् । उनी चाँडै नयाँ पार्टी खोल्ने मनस्थितिमा छन् ।

    images
    images
    images

    उनले नयाँ पार्टीको नाम पनि जुराइसकेका छन् । ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारीमा रहेका बाबुरामले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफ्नो मनको बात खोलेका छन् । जसमा उनले आफ्नो उत्तराधिकारी कसलाई बनाउन खोजेको पनि स्पष्ट पारेका छन् ।

    बाबुरामले गोरखाका तीन चर्चित व्यक्तिलाई आफूले उत्तराधिकारी बनाउन खोजेको र नेपालको सत्ताको नेतृत्व गरेको हेर्न चाहेको पनि उल्लेख गरेका छन् । जसमा कांग्रेस नेतासमेत रहेका छन् ।

    बाबुरामले डा.स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई आफूले उत्तराधिकारी बनाउन चाहेको, देशको नेतृत्वमा केही समय बसेर काम गरेको हेर्न चाहेको तर त्यो मनको लड्डु मात्रै त होला नि भनी लेखेका छन् ।

    वाग्ले कांग्रेसका महासमिति सदस्य हुन् । दुई दुईपटक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका वाग्ले अहिले संयुक्त राष्ट्रसंघीय निकायअन्तर्गत कार्यरत छन् । उनी चर्चित अर्थशास्त्री पनि हुन् । उनलाई विश्वकै नवअर्थशास्त्री भनेर लिने पनि गरिन्छ ।

    पछिल्लो समय वाग्ले चितवनबाट निर्वाचन लड्ने तयारीमा लागेका छन् । नेपाली कांग्रेसले उनलाई चितवनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने सम्भावना धेरै छ ।

    लामो समयदेखि कांग्रेसमा रहेर काम गरिरहेका व्यक्तिलाई बाबुरामले किन उत्तराधिकारी बनाउन खोजे भन्ने सबैतिर चासो उत्पन्न भएको छ । उत्तमबाबु श्रेष्ठ लामो समय अमेरिका बसेर आएका व्यक्ति हुन् ।

    उनले वातावरण विषयमा विद्यावारिधि गरेका छन् । देवकोटा भने सधैं बाबुराम निकट नै मानिन्छन् । जापानमा बसेर आएका देवकोटालाई बाबुरामले खानेपानी संस्थानको अध्यक्ष र अहिले बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यकारी अध्यक्ष बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २२ २०७९११:१०:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend