सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

एमालेले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दा चौतर्फी व्यंग्य

एमालेले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दा चौतर्फी व्यंग्य

  • मिडिया डबली
  • मंगलवार, श्रावण १७ २०७९

  • 16.1K
    SHARES

  • एमालेले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दा चौतर्फी व्यंग्य

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले सोमबार भ्रष्टाचार र महँगीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शनको आयोजना गर्यो ।

    तर, दर्के झरीले एमालेको प्रदर्शनलाई फिका बनाइदियो । बर्खाका बेला एमालेले आयोजना गरेको विरोध प्रदर्शनमा लाखौं उतार्ने घोषणा गरे पनि झरीले नेता तथा कार्यकर्ता निथ्रुक्क भिजेका थिए ।

    images
    images
    images

    वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको र महँगी बढाएको भन्दै एमालेले विरोध प्रदर्शन गरेको थियो । महँगी बढेकोमा विपक्षी दलले विरोध गर्नु उचित नै भए पनि एमालेले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दा चौतर्फी व्यंग्य र आलोचना गरिएको छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री जनार्दन शर्माबाहेक अहिलेसम्म अन्य मन्त्री भ्रष्टाचारमा मुछिएका छैनन् । तर, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेका झन्डै एक दर्जन मन्त्री भ्रष्टाचार काण्डमा मुछिएका थिए ।

    कतिपयविरुद्ध त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । ईश्वर पोखरेल, भानुभक्त ढकाल, स्व.रवीन्द्र अधिकारी, योगेश भट्टराई, गोकुल बास्कोटा, पद्मा अर्याल, विष्णु पौडेल, युवराज खतिवडा, प्रेमबहादुर आलेलगायत दर्जन मन्त्री भ्रष्टाचार काण्डमा मुछिएका थिए ।

    नेपाल ट्रस्टको जग्गा यती समूहलाई कौडीको भाउमा दिने, कोरोनाविरुद्धको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, हजारौं सरकारी जग्गा आफन्त र निकट व्यापारिक घराना समूहलाई एमालेका मन्त्रीहरूले दिएका थिए ।

    ओलीकालमा नेपालमा भ्रष्टाचारले सीमा नाघेको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले त ओलीको शासनकालमा एसियामै नेपालमा धेरै भ्रष्टाचार भएको भन्दै प्रतिवेदन नै सार्वजनिक गरेको थियो । अहिले एमालेले नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्नु आफैंमा अनौठो भएको भन्दै चौतर्फी आलोचना भएको हो ।

    सामाजिक सञ्जालमा त एमालेले पनि भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्यो, अब के नै बाँकी रह्यो भन्दै प्रयोगकर्ता तथा भ्रष्टाचारविरोधी अभियन्ताले एमाले नेताहरूप्रति कटु व्यंग्य गरेका छन् । एमाले शासनकालमा भ्रष्टाचार र अनियमितताको काण्डैकाण्ड चर्चित थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९१०:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend