सुर्खेत । कर्णाली प्रदेशमा तीन दिनदेखि संसद चल्न सकेको छैन । प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बे–वास्ता गरेको भन्दै आइतबारदेखि अवरुद्ध संसद मंगलबार पनि चल्न सकेन ।
संसदको अवरोध हटाउनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने भनिए पनि संसदीय दलका नेताहरु सबै उपस्थित नभएपछि बस्न नसकेको सरकारका प्रवक्ता विन्दमान विष्टले बताए । उनले भने,‘बजेटको सन्दर्भमा प्रतिपक्षले आफ्ना माग राखेको छ । त्यही विषयलाई लिएर संसद चल्न नसकेको हो । सर्वदलीय बैठकले समस्याको समाधान गर्ने र त्यसपछि संसद चल्छ । सायद, भोली सर्वदलीय बैठक बस्छ ।’
यता प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका सचेतक गुलाबजंग शाहले सरकार आफ्नो कमजोरीलाई पन्छाएर अघि बढ्न खोजेको आरोप लगाए । शाहले प्रतिपक्षसँग गरिएको सहमति सरकार कार्यान्वयन नगरे संसद चल्न नदिने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।