महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका बागी प्रहलादकुमार क्षेत्री विजयी भएका छन् । क्षेत्रीको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए । मनोनयन गर्ने दिन १२ बजे उनको टिकट खोसिएको थियो। देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको मनोनयन दर्ता गर्न पुगेका थिए ।
जसमा एक जना क्षेत्री थिए भने अर्का चिरञ्जीवी हमाल । तरपछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले पत्र पठाउँदै हमाल आधिकारिक उम्मेदवार भएको पत्र पठाए । आयोगले हमाललाई नै कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गर्यो ।
टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिए । उनको प्यानलबाट उपमेयरमा तारादेवी खत्री स्वतन्त्रबाट उम्मेदवार बनिन् ।
क्षेत्री १४ हजार २१० मत ल्याएर विजयी हुँदा उमपेयरमा खत्रीले ९ हजार ७३६ मत ल्याएर विजयी भइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।