काठमाडौं - भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले कमाल गरेका छन्। उनले एउटै वडामा हजार बढी मत ल्याएका छन्।
वडा नम्बर ४ को करिब एक हजार मत गन्न बाँकी रहँदा उनले आफ्नो भोट हजार कटाएका हुन्। पौडेलले वडा नम्बर १ बाट ४ सय ३०, २ बाट ४ सय ९४, ३ बाट ६ सय ४८ मत ल्याएका थिए।
उनले वडा नम्बर ४ को गणना भइरहँदा मत २ हजार ५ सय ७२ पुर्याएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।