स्याङ्जा । नेकपा एमालेले स्याङजाको भीरकोटमा पैसाले भोट किन्ने प्रयत्न जारी नै राखेको छ। भिरकोट नगरपालिकामा नेकपा एमालेले पुनः पैसा बाँढ्दै गर्दा उपमेयरका उम्मेदवारसहितको टोली पक्राउ परेको छ।
एमालेकातर्फबाट उपमेयरकी उम्मेदवार सरस्वती अधिकारी र ४ नम्बर वडाका अध्यक्षका उम्मेदवार मेघनारयण ढुंगाना र बहालावाला वडा अध्यक्ष चन्द्रबहादुर बस्नेतले पैसा बाँडिरहेको अवस्थामा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।
उनीहरुको साथबाट ७३ हजार र सात वटा चेक बुक बरामत गरिएको छ। कांग्रेसको समुहले चारै तर्फबाट घेरा हाली उनीहरुलाई नियन्त्रणमा लिएको थियो। प्रहरी प्रशासनले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ। यस अघि बुधबार पनि एमाले उम्मेदवारले नगरको तीन नम्बर वडामा पैसा बाडेपछि एमाले मेयरका उम्मेदवारसहितको समूह पक्राउ परेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।