बिहिवार, जेठ १२ २०७९May 26 2022

Logo
images
images
images
images

एउटा यस्तो गाउँ, जहाँ २१ जना शेरबहादुर देउवा बस्छन्  

एउटा यस्तो गाउँ, जहाँ २१ जना शेरबहादुर देउवा बस्छन्  

  • मिडिया डबली
  • बिहिवार, बैशाख २९ २०७९

  • 8.9K
    SHARES

  • एउटा यस्तो गाउँ, जहाँ २१ जना शेरबहादुर देउवा बस्छन्  

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुराको गन्यापुरा गाउँपालिकामा १४ जना शेरबहादुर देउवा नाम गरेका मतदाता भेटिएका छन्। ।

    प्रधानमन्त्रीको मतदाता नामावली दर्ता नम्बर ३५५२४६१ छ। उनको नाम १३७२औं नम्बरमा छ। देउवाले मतदान गर्ने गृहपालिका गन्यापधुराको वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रको नामावलीमा मात्रै १४ जना शेरबहादुर देउवाको नाम छ। वडा नम्बर १ मा रहेका दुई मतदान केन्द्रमध्ये असिग्राम माविमा १४ जना शेरबहादुर देउवा मतदाता भेटिएका छन्। 

    images
    images
    images
    images

    गन्यापधुराको वडा नम्बर २ को गणेश मावि वडाल मतदान केन्द्रमा पनि दुई जना शेरबहादुर देउवा नाम गरेका मतदाता नामावलीमा भेटिएको छ। निर्वाचन आयोगको सूचीअनुसार वडा नम्बर २ कै अर्को भुवनेश्वरी माध्यामिक विद्यालय पश्याचम्साल मतदान केन्द्रमा शेरबहादुर देउवा नाम गरेका १ जना मतदाता छन्।

    त्यस्तै वडा नम्बर ३ को आदित्य माध्यामिक विद्यालय नवलपुरमा शेरबहादुर देउवा नाम गरेका दुई जना मतदाता रहेका छन्। वडा नम्बर ३ कै अर्को जनता माध्यामिक विद्यालय सकालमा शेरबहादुर देउवा नाम गरेका दुई जना मतदाता रहेको आयोगले अन्तिम नामावलीले देखाएको छ।

    पाँच वडा रहेको गन्यापधुरा गाउँपालिकाका तीन वडामा शेरबहादुर देउवा नाम गरेका कूल २१ मतदाता रहेको आयोगको अन्तिम नामावलीले देखाएको छ।  प्रधानमन्त्रीसँग नाम मिलेका मतदाताहरुको उमेर समूह २१ देखि ७७ वर्ष रहेको छ। प्रधानमन्त्री देउवाको उमेर ७६ वर्ष रहेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २९ २०७९०८:३२:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend