काठमाडौं । मौन अवधिमा देशभर धेरै उम्मेदवार पैसा बाँडिरहेको अवस्थामा पक्राउ परेका छन्। पैसा बाँडेको विषयमा निर्वाचन आयोगमा उजुरी पर्न थालिसकेको छ। मौन अवधि रहेको मतदानको अघिल्लो दिनसम्म २ सय ५० हाराहारी उजुरी आयोगले नोटिसमा लिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
‘पैसा बाँडेको भन्ने कुरा धेरै आएका छन्, आयोगले त्यस्ता कुराहरु नोटिसमा लिएको छ । हाम्रा अनुगमन टोलीहरू मैदानमा छन् । १८ वटा अनुगमन टोलीहरू खटाइरहेका छौँ । आचार संहिता प्रक्राउ पर्ने, कारवाही गरेको बारे सुचना दिएर साध्य नै छैन,’ उनले भने, ‘निर्वाचन कानुन अनुसार उहाँहरुलाई एक लाख जरिवाना हुन्छ, बाँडेको पैसा जफत हुन्छ, यसबारे आयोगले निर्णय गर्छ । आयोगले उहाँहरुको उम्मेदवारी खारेज सम्म गर्न सक्छ ।’
निर्वाचन कानुनमा कुन आचारसंहिता उल्लंघन गर्दा के कारवाही गर्ने भन्नेबारे प्रष्ट नभएकोले आयोगले आचारसंहिता उल्लंघनका गम्भीरताका आधारमा कानुनी कारवाही गर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।