शुक्रवार, जेठ १३ २०७९May 27 2022

Logo
images
images
images
images

धादिङमा माओवादीले देखायो घिलाग्दो हर्कत, कांग्रेसबाट वडाध्यक्ष उठेका श्रेष्ठ सहित २० जनामाथि निर्घात कुटपिट

धादिङमा माओवादीले देखायो घिलाग्दो हर्कत, कांग्रेसबाट वडाध्यक्ष उठेका श्रेष्ठ सहित २० जनामाथि निर्घात कुटपिट

  • मिडिया डबली
  • बिहिवार, बैशाख २९ २०७९

  • 2.2K
    SHARES

  • धादिङमा माओवादीले देखायो घिलाग्दो हर्कत, कांग्रेसबाट वडाध्यक्ष उठेका श्रेष्ठ सहित २० जनामाथि निर्घात कुटपिट

    धादिङ - नेकपा माओवादी कार्यकर्ताहरुको आक्रमणमा धादिङकाको नीकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र श्रेष्ठ घाइते भएका छन् ।

    बुधबार सुनौलाबजारको देउराली छापमा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसबाट वडाध्यक्ष उठेका श्रेष्ठमाथि आक्रमण गरेका हुन् ।

    images
    images
    images
    images

    भोर्लेबाट फर्कदै गरेका अवस्थामा माओवादीको आक्रमण हुँदा उनीसहित अन्य २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    प्रहरीका अनुसार घाइते हुनेहरुमा भुपेन्द्र श्रेष्ठ, तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, रामहरी मगराती, राजकुमार श्रेष्ठ र विष्णुकुमार नेपाली रहेको छन् ।

    यस्तै गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २९ २०७९१०:२४:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend