सन्धिखर्क । नेकपा एमालेले अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्न धमाधम पैसा बाड्ने, निर्माणका सामाग्री वितरण गर्ने काम गरेका छन्। भूमिकास्थान नगरपालिका वार्ड २ ढाकावाङ र ३ धारापानीमा पिपलनेटामा एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले पठाएको अबैध होमपाइप प्रहरीले बरामद गरेको थियो। तर, त्यसको अर्को दिन पोखराथोकमा पनि बाँड्न लागेको रकम बरामद भएको हो।
पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकको साविक ४ सालघारीमा नेकपा एमालेका उम्मेदवारले मतदातालाई प्रभावित पार्न रकम बाँडेका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवार माधव गौतमले मतदातालाई बाडेको २० हजार र ५० हजार रुपैयाँको चेक स्थानीयले बरामद गरेका थिए ।
यस्तै भूमिकास्थानमा शुक्रवार रातीको समयमा बिना श्रोत ल्याइएको होपपाइप स्थानियहरुले सोधपुछ र बरामद गरी ढाकावाङ प्रहरीमा बुझाएका हुन् । पिपलनेटामा ३ वटा र चौतारामा ३ वटा अनलोड गरिएको होपपाइप सहित पाइप ल्याएको सवारी सहित ३ जनालाइ स्थानियहरुले प्रहरी चौकीमा बुझाएका छन्।
एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले उक्त होमपाइप पठाएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।