बिहिवार, जेठ १२ २०७९May 26 2022

Logo
images
images
images
images

'गो ब्याक चाइना'काे नारा लगाउँदै वीरगञ्जमा चिनियाँ राष्ट्रपतिकाे पुतला दहन

'गो ब्याक चाइना'काे नारा लगाउँदै वीरगञ्जमा चिनियाँ राष्ट्रपतिकाे पुतला दहन

  • मिडिया डबली
  • शुक्रवार, माघ १४ २०७८

  • 3.1K
    SHARES

  • 'गो ब्याक चाइना'काे नारा लगाउँदै वीरगञ्जमा चिनियाँ राष्ट्रपतिकाे पुतला दहन

    काठमाडौं - राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध पर्सामा प्रदर्शन गरेको छ। पर्साकाे वीरगञ्जस्थित घण्टा घरमा भएको प्रदर्शनको क्रममा चिनियाँ राष्ट्रपति सी चिङपिङविरूद्ध चर्को नाराबाजी लगाइएको छ।

    प्रदर्शनकाे क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा समेत लगाएका थिए।

    images
    images
    images
    images

    त्यस्तै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर पनि चीनविरुद्ध नारा लगाइएकाे थियाे।

    अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएकाे प्रदर्शनमा चिनियाँ चिनियाँ राष्ट्रपति सी चिङपिङकाे पुतला पनि दहन गरिएकाे छ ।

    पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ। चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १४ २०७८०७:५०:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend