काठमाडौं - एमाले अध्यक्ष केपी ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार बिहान गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले भन्यो ।
ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको एमालेको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए ।
केही समयअघि मात्र उनले आफूमा इम्युनिटी पावर कम भएको बताएका थिए । तैपनि उनलाई भेट्ने भिडभाड कम भएको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।