काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद् चल्न नदिएको तीन महिना नाघिसक्यो । आफ्नो सरकार ढलेपछि नयाँ सरकारलाई पंगु बनाउन एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा संघीय संसद्सँगै विभिन्न प्रदेशका संसद् पनि चल्न दिइएको छैन ।
तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।
संसदमा बलियो पार्टी र त्यही पार्टी अध्यक्षका हैसियतमा प्रधानमन्त्री बनेका ओलीले संसदलाई उपयोग मात्रै गरे । आफूलाई लागेका सबै काम उनले अध्यादेशबाटै चलाए ।
संसद् बन्द गर्ने अनि राष्ट्रपतिसँगको मिलेमतोमा ओलीले अध्यादेश जारी गर्दै संसदीय व्यवस्थाकै हुर्मत लिएका थिए । तिनै ओली अहिलेको सरकारलाई अलोकतान्त्रिक भनेर आरोप लगाइरहेका छन् ।
सरकार सत्तारुढ दलको, सदन र सडक प्रमुख प्रतिपक्षको भन्ने वेस्ट मिनिस्टर प्रणालीकै आदर्श हो । तर, ओलीले त्यो मान्यतालाई च्यातचुत पारेका छन् ।
संसद् चल्न नदिएर एमालेले निरंकुश चरित्र देखाउँदै गएको छ । आफ्नो सरकार ढालेको रिस उसले संसद् चल्न नदिएर तमासा देखाइरहेको छ । ओलीको २ रुप देखेर एमालेकै नेता देखि कार्यकर्ता चकित खाएका छन् ।
तर त्यही पार्टी चुनाव चुनाव भनेर कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई उपदेश दिन उद्यत छ । कांग्रेसलाई लोकतन्त्र र संसदीय व्यवस्थाको अर्ति र उपदेश चाहिँदैन भन्ने एमालेले अझै बुझेको छैन । आज नेपालको राजनीतिक अवस्था जुन ठाउँमा छ, त्यो एमालेकै दम्भका कारण आएको हो ।
सोही पार्टीका अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन गर्ने बताइएको थियो ।
तर कोभिड महामारीका कारण पत्रकार सम्मेलन तत्काल स्थगित गरिएको छ । ओलीले विज्ञप्तिमार्फत पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गर्दै छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।