काठमाडौँ- राष्ट्रिय सभाका सचेतक एवम् नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले एक कार्यक्रममा विवादास्पद अभिव्यक्ती दिएका छन् ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा राम जानकी हनुमान मन्दिरको शिलन्यास कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भट्टराईले लुम्बिनीमा बुद्ध र राम जानकी हनुमान मन्दीरसंगै मुस्लिम समुदायको लागी अत्याधुनिक मस्जिद पनि निर्माण गर्नु पर्ने विवादास्पद अभिव्यक्ती दिएका हुन्।
हिन्दु धर्मावलम्बीको कार्यक्रममा मुस्लिम समुदायको मदरसा निर्माण हुनु पर्ने धारण राखे पछी सदस्य भट्टराईको चर्को आलोचना भएको छ ।
भट्टराईको उक्त अभिव्यक्ती पछी हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले चर्को बिरोध गर्दे भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा मदरसा बनाउने अभिव्यक्ती दिनु आपतीजनक भएको बताउदै नेपाल हिन्दु राष्ट्र घोषणा नभए भारत जस्तै बटवारा हुने जानकारी दिएका छन् ।
उनले आफु मुस्लिम धर्मको बिरोधी नभएको बताउदै सो कुराको लागी उक्त ठाउ उपयुक्त नभएको बताए । एक विगहा एक कट्ठा क्षेत्रफलमा ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को ६५ प्रतिशत रकम र नगरपालिकाको ३५ प्रतिशत रकम सहभागिताको लगानीमा सो मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।