शुक्रवार, माघ १४ २०७८Jan 28 2022

Logo
images
images
images
images

काठमाडौंको विद्यालयलाई कांग्रेसका युवा नेता गोर्खालीद्वारा आर्थिक सहयोग

काठमाडौंको विद्यालयलाई कांग्रेसका युवा नेता गोर्खालीद्वारा आर्थिक सहयोग

  • मिडिया डबली
  • मंगलवार, मंसिर २१ २०७८

  • 1.1K
    SHARES

  • काठमाडौंको विद्यालयलाई कांग्रेसका युवा नेता गोर्खालीद्वारा आर्थिक सहयोग

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य राजेन्द्रबहादुर गोर्खाली ‘राजु’ले चण्डिकादेवी माविलाई आर्थिक सहयोग गरेका छन् ।

    काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ बाड, भञ्ज्याङमा सोमबार आयोजित ‘श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञ एवम् चण्डिकादेवी मावि धार्मिक शैक्षिक महोत्सव २०७८’का प्रमुख अतिथि गोर्खालीले विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र समेत प्रदान गरेका छन् ।

    images

    उनले चण्डिकादेवी माविलाई आफ्नो व्यक्तिगततर्फबाट ४ लाख ९९ हजार ९ सय ९९ रुपियाँ ९९ सय पैसा समेत आर्थिक सहयोग प्रदान गरेका छन् ।

    कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समितिका अध्यक्ष श्रवण सुवेदी, प्रधानाध्यापक गोविन्द बुढाथोकी, धार्मिक अभियान्ता संत संकल्प कर्ता व्यासाचार्य पं.बासुदेव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    चण्डिकादेवी माविमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक भौतिक, शैक्षिक लगायतका सामग्रीको व्यवस्थापनका लागि धार्मिक शैक्षिक महोत्सव गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले जानकारी दिए । महोत्सव मंसिर १३ गतेदेखि शुरु भएको हो ।

    मंसिर २३ गते महोत्सव सम्पन्न हुनेछ । कांग्रेसको राजनीतिमा सक्रिय रुपमा क्रियाशील रहेका नेता गोर्खाली समाज सेवामा पनि छन् । उनले सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका छन् ।

    केही समय अगाडि सिन्धुपाल्चोक जिल्लामा विपत्तिमा परेकाहरूलाई पनि सहयोग गरेका थिए । नेता गोर्खालीले हेलम्बु गाउँपालिकाका ६५ घरधुरी पहिरोपीडितहरूलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरेका थिए । उनले इन्द्रावती नदीमा आएको बाढी र पहिरोमा परेकाहरूलाई पनि लाखौँको सहयोग गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १३ २०७८०४:३०:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend