काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको मत परिणाम आएको छ । यसअघि नै सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भइसकेका छन् ।
मंगलबार बिहान उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मत परिणाम आएको हो । पदाधिकारीमा संस्थापन र इतर समूहका बराबर निर्वाचित भएका छन् ।
दुई उपसभापतिमा चन्द्र महर्जन र मोहनबहादुर बस्नेत विजयी भएका छन् । महर्जन ललितपुर कांग्रेसका पूर्वसभापति र पूर्वसांसद हुन् । उनी देउवा पक्षबाट विजयी भएका हुन् ।
नागार्जुन नगरपालिकाका मेयरसमेत रहेका बस्नेत इतर समूहका हुन् । महामन्त्रीमा कन्चनचन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् । बादे प्रकाशमान सिंह निकट र श्रेष्ठ देउवा समूहका नेता हुन् ।
सहमहामन्त्री महिलामा प्रकाशमान निकट जीवन डंगोल विजयी भएकी छन् । उनी प्रदेश सांसदसमेत हुन् । सहमहामन्त्री खुलामा ललितपुरका ऋषिराम घिमिरे र सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ विजयी भएका छन् । दुवै संस्थापन निकट नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।