मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

मदन अमात्यले बोके कांग्रेस सिध्याउने अन्तरघाती, सभापति नै जिताउने रे !

मदन अमात्यले बोके कांग्रेस सिध्याउने अन्तरघाती, सभापति नै जिताउने रे !

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 1.5K
    SHARES

  • मदन अमात्यले बोके कांग्रेस सिध्याउने अन्तरघाती, सभापति नै जिताउने रे !

    लालितपुर - कांग्रेस ललितपुरमा जिल्ला सभापतिका लागि मदनबहादुर अमात्य समूहले ‘अन्तरघाती’ नेता रामकृष्ण चित्रकारलाई सभापतिको उम्मेदवार बनाएको छ ।

    ललितपुरको कुमारीपाटीमा अमात्य समूहले बिहीबार साँझ हतार–हतारमा कार्यक्रम गरेर चित्रकारलाई सभापतिको उम्मेदवार बनाएको हो । बिगतमा चित्रकार नेता प्रकाशमान सिंह निकटका थिए ।

    images

    सिंहले लात हानेपछि घरनघाटको बनेका थिए । चित्रकारले विमलेन्द्र निधिसँग पनि निकटता बनाउन खोजेका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चित्रकारले कांग्रेसबाट उम्मेदवार बनेका नेताहरूलाई हराउन अन्तरघात गरेका थिए ।

    चित्रकारलाई कारबाहीका लागि सिफारिस पनि भएको थियो । अत्यन्तै चतुर चित्रकारले पछि ललितपुर जिल्ला कार्यसमितिबाट सभापति अमात्यले माफी दिएका थिए ।

    किन र कसरी अन्तरघाती नेता चित्रकारले माफी पाए त्यो कुरा सभापति अमात्यलाई मात्रै थाहा होला । अमात्यले आफूलाई सभापति शेरबहादुर देउवा निकटको बताउने गरेका छन् ।

    अमात्य समूहबाट सभापतिमा अन्तरघाती नेता चित्रकार छन् । उप–सभापतिमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र खोमप्रसाद घिमिरे छन् । अमात्यको समूहलाई पूर्व सांसद चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको समर्थन छ ।

    उप–सभापतिका उम्मेदवार गजेन्द्र महर्जनले आफूहरू देउवा समर्थक रहेको दाबी गरेका छन् । ललितपुरमा उदयशम्शेर राणा, मीनकृष्ण महर्जनसहितका नेताहरूसँग परामर्श नगरेर हतारमा किन उम्मेदवारी घोषणा गर्नुभयो भन्ने जिज्ञासामा गजेन्द्र महर्जनले भने, ‘त्यस्तो केही पनि छैन । केन्द्रमा हाम्रो समूह एउटै हो । जिल्लामा रामकृष्ण चित्रकारसँग मिलेका छौँ । उहाँहरूसँग सल्लाह गर्ने आवश्यक्ता ठानेनौँ ।’

    ललितपुर कांग्रेसका बहालवाला सभापति अमात्य आफ्नै जिल्लामा कमजोर छन् । अमात्यको अहँकारले गर्दा वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधि सभा क्षेत्रहरूमा बढारिएका छन् । अमात्यले आफ्ना आलोचकहरूलाई रुचाउँदैनन् ।

    सोही कारण ललितपुरमा रहेका देउवा समूहका दीग्गज नेताहरूलाई छलेर विमलेन्द्र निधि निकट हुन खोजेका अन्तरघाती नेता रामकृष्ण ताम्राकारलाई सभापतिको उम्मेदवार बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर ४ २०७८०१:२२:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend