मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

आतंकवादबिरुद्व बिहीबार जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन

आतंकवादबिरुद्व बिहीबार जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 252
    SHARES

  • आतंकवादबिरुद्व बिहीबार जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन

    जनकपुरधाम - आतंकवादबिरुद्व बिहीबार जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ ।

    राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले मोटरसाइकल र्याली प्रदर्शन गरेका हुन् । भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाइकल र्याली प्रदर्शन गरिएको युवाहरुले बताएका छन् ।

    images

    स्थानीय रेल्बे स्टेशनबाट निकालिएको मोटरसाइकल र्याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुँगिएको थियो । प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।

    ‘विश्वशान्तिको दुश्मन–पाकिस्तान, आतंकवादको पहिचान–पाकिस्तान, लादेन कहाँ भेटिए–पाकिस्तानमा, आतंकवादलाई प्रश्रय दिने मुलुक अपराधी हो, आतंकी अखडाहरू नष्ट गर पाकिस्तान, आतंकी परिचालन बन्द गर, मानवअधिकारको उल्लंधन बन्द गर, धार्मिक अतिवादको अन्त्य गर, कट्टरपन्थी मुर्दावाद, विश्व शान्ति कायम गर, संघीय हिन्दु गणतन्त्र नेपाल–जिन्दावादसहितका नारा लेखिएको प्लेकार्ड उनीहरुले बोकेको थिए ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ९ २०७८०३:३१:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend