मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

यी २२ जनालाई सरकारले एकैदिन दियो राजनीतिक नियुक्ति 

यी २२ जनालाई सरकारले एकैदिन दियो राजनीतिक नियुक्ति 

  • मिडिया डबली
  • मंगलवार, आश्विन २६ २०७८

  • 5.0K
    SHARES

  • यी २२ जनालाई सरकारले एकैदिन दियो राजनीतिक नियुक्ति 

    काठमाडौं – सत्तारुढ दल विभाजनसँगै अल्पमतमा परेर विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका १ नम्बर प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यले धमाधम राजनीतिक नियुक्ति गर्न थालेका छन् ।

    आईतवार साँझ बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई राजनीतिक नियुक्ति दिएको छ ।

    images

    प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति दिइएको छ ।

    प्रदेश सरकारले फणिन्द्र अधिकारी, उमेश घिमिरे, देवी गौतम, प्रेरणा थापा, भीमराज राई र इन्दिरा श्रेष्ठलाई बोर्डमा नियुक्त गरेको छ ।

    प्रदेश खेलकुद विकास बोर्ड गठन गरिएको छ । जसमा पाँचथरका बाबा मेयाङ्वोलाई उपाध्यक्ष बनाइएको छ । भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्य पदमा नियुक्त भएका छन् । सदस्य सचिव कृष्ण बस्नेत ‘परशुराम’लाई बनाइएको छ ।

    प्रदेश श्रम सल्लाहकार समिति पनि बनाइएको छ । जसको उपाध्यक्षमा राजीव घिमिरे छन् । भीम घिमिरे, सीता उपाध्याय, सरोज श्रेष्ठ, किशोर धमला, रज्जु सिग्देल, अरुण थापा, सुनिता घिमिरे, नारायणबाबु कार्की, टीका प्रसाईं र निलम साह सुनारलाई सदस्यमा नियुक्त गरिएको छ ।

    विपक्षी दलहरूले मुख्यमन्त्री आचार्यसँग राजीनामा मागिरहेका छन् । एमाले विभाजनसँगै उनी अल्पमतमा परिसकेका छन् । तर उनले न विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएका छन्, न त राजीनामा नै दिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २४ २०७८०६:०३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend