आइतवार, आश्विन ३१ २०७८Oct 17 2021

Logo
images
images
images

सुकुम्बासी आयोगमा माओवादीलाई मिल्यो भागबण्डा, देशभर कति जना हुँदैछन् नियुक्त ?

सुकुम्बासी आयोगमा माओवादीलाई मिल्यो भागबण्डा, देशभर कति जना हुँदैछन् नियुक्त ?

  • मिडिया डबली
  • बुधवार, भाद्र ३० २०७८

  • 17.3K
    SHARES

  • सुकुम्बासी आयोगमा माओवादीलाई मिल्यो भागबण्डा, देशभर कति जना हुँदैछन् नियुक्त ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि सम्बन्धी आयोग गठन गरेको छ ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले गठन गरेको भूमि आयोग खारेज गरेको देउवा सरकारले मंगलवार नयाँ आयोग गठन गरेको छ ।

    images

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गत साउन १९ गते आयोग विघटन गरिएको थियो । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय भूमि आयोग २०७८’ गठन गरेको छ ।

    आयोगको अध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला नियुक्त भएका छन् । निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत रहेका थिए ।

    आयोगमा माओवादीलाई समेत भागबण्डा दिइएको छ । आयोगको उपाध्यक्षमा माओवादी समर्थक नयन्द्र खड्कालाई नियुक्त गरिएको छ ।

    अध्यक्ष निरौला र उपाध्यक्ष खड्काले आज बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ ग्रहण गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार ३ जना विषय विज्ञ र २ जना सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।

    बाँकी सदस्यमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समेत समेटिने भएको छ ।
     
    आयोगमा ७ प्रदेशबाट १/१ जना सदस्य र केन्द्र सरकारले तोकेका सहसचिव सदस्यसचिव रहने व्यवस्था गरिएको छ । आयोगको सिफारिसमा सरकारले जिल्ला समितिमा संयोजक र २ सदस्य समेत मनोनयन गर्ने भएको छ । बाँकी ३ सदस्य जिल्ला भूमिसुधार, नापी र वन कार्यालयका प्रमुख तथा सदस्य सचिवमा जिल्ला समन्वय समितिका सचिव रहने व्यवस्था गरिएको छ । 

    आयोगका अध्यक्षलाई राज्यमन्त्री सरह र सदस्यहरूलाई विशिष्ठ श्रेणी सरहको सेवा सुविधा दिने निर्णय सरकारले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology