शुक्रवार, माघ १४ २०७८Jan 28 2022

Logo
images
images
images
images

प्रदेश १ मा विपक्षी गठबन्धनले यसरी जुटाउँदैछ बहुमत

प्रदेश १ मा विपक्षी गठबन्धनले यसरी जुटाउँदैछ बहुमत

  • मिडिया डबली
  • सोमवार, भाद्र १४ २०७८

  • 5.2K
    SHARES

  • प्रदेश १ मा विपक्षी गठबन्धनले यसरी जुटाउँदैछ बहुमत

    काठमाडौं - प्रदेश १ मा भीम आचार्यको मुख्यमन्त्री पद संकटमा परेको छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेको दिनदेिख नै ढाल्ने कसरत सुरु भएको छ ।

    एमाले सरकार टिकाउने खेलमा लागेको छ भने विपक्षी गठबन्धन सरकार परिवर्तनको खेलमा लागेको छ । नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी तथा साना दुई दलका सांसदहरु सरकार परिवर्तनमा लागेका छन् ।

    images

    प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राई विदा भएर आचार्य आएसँगै एकीकृत समाजवादीका नेता राजेन्द्र राई आफनो नेतृत्वमा सरकार बनाउने कसरतमा लागेका छन् । एकीकृत समाजावादीमा १० जना सांसद खुलिसकेका छन् ।

    राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ माधव नेपाल पक्षामा खुलेका छन् ।

    राजेन्द्र, गणेशकुमार र कृष्ण कुमारी एकीकृत समाजवादीको केन्द्रीय सदस्य पनि हुन् । भदौ महिनाभित्रै सरकार बनाइसक्ने समाजावादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले न्युज कारखानालाई बताए ।

    चार पाँच दिनदेखि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाइरहेको राईले जानकारी दिए । एमाले, माओवादीलगायतका दलहरुसँग पनि छलफल भइरहेको उनको भनाइ छ । प्रदेश १ मा ९३ सांसद रहेकोमा माओवादी केन्द्रका सांसद टंक आङ्वोहाङ एमाले प्रवेश गरेपछि ९२ छन् ।

    उनको सांसद पद गुमिसकेको छ । एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा एकरएकजना छन् ।

    एमालेका ५१ सांसदमध्ये गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बाँकी रहेका ५० जना सांसदमध्ये १० जना समाजवादीमा संगठित भएपछि एमाले ४० सांसदमा सीमित बनेको छ।

    मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा बहुमतसिद्ध गर्न ४६ सांसद आवश्यक छ । तर, उनीसँग ४० सांसद मात्रै भएपछि अल्पमतमा परेका हुन् ।

    यतिबेला मुख्यमन्त्री आचार्य जनता समाजवादीका तीन र अन्य साना दलका दुई र एकीकृत समाजवादीतर्फ गएका एक सांसद तानेर बहुमत जुटाउने रणनीतिमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २६ २०७८०६:२६:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend