काठमाडौं – प्रदेश १ सरकारको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त गरिएका छन् ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसामु शपथ लिएका छन् ।
यसअघि बिहीबारै मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए । प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरेर आचार्यको नियुक्तिसँगै शपथ गराएका छन् ।
बिहीबार बिहान आचार्य प्रदेशसभा एमाले पार्टी संसदीय दलको नेता चयन भएका हुन् । प्रदेशसभामा एकल बहुमत प्राप्त दलको नेताका रूपमा आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।