मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

ओली सरकारले हेप्यो नेपालभरका ४ लाख शिक्षकलाई

ओली सरकारले हेप्यो नेपालभरका ४ लाख शिक्षकलाई

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 1.5K
    SHARES

  • ओली सरकारले हेप्यो नेपालभरका ४ लाख शिक्षकलाई

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् ।

    अहिले देशभर झण्डै ४ लाख शिक्षक–कर्मचारी रहेका छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी परेका छैनन् ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्री समेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो रहेको छ ।

    नेपालमा पहिलोपटक २०७७ माघ ८ गतेमा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरू भएको १५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन ।

    असार १ गतेबाट शैक्षिकसत्र सुरू भएको छ । सरकारले जारी गरेको निषेधाज्ञा समेत खुकुलो हुँदै गएको छ । तर यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विकल्पबारे सोच्न सकिन्थ्यो ।

    अहिले अधिकांश विद्यालयका शिक्षकले खोप लगाउन नपाउँदा हामीलाई खोप कहिले भन्दै सरकारसमक्ष प्रश्न तेर्स्याएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा पनि शिक्षकलाई समेटिएको छैन ।

    नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले खोप लगाउन सरकारले शिक्षकलाई प्राथमिकतामा नराखेको बताएका छन् । उनले भने, ‘हामी विद्यार्थीसँग प्रत्यक्ष जोडिने व्यक्ति हौं । सरकारलाई पटक–पटक खोप दिलाउन लिखित र मौखिक आग्रह गरे पनि सरकार गम्भीर देखिँदैन ।’

    सरकारले खोप उपलब्ध नगराउँदासम्म कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने भन्दै यो अवस्थामा वैकल्पिक विधिबाट मात्रै पठनपाठन गराइने बताएका छन् ।

    काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षकहरुलाई कोरोनाविरुद्ध खोपको प्राथमिकतामा राखिनुपर्ने बताए । उनले भने, ‘शिक्षकहरुलाई खोप लगाउनबाट सरकारले बेवास्ता गरेको छ । शिक्षकहरु अभिभावक, विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहिरहनुपर्ने हुन्छ । त्यसैले पनि शिक्षकलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ।’

    सरकारले २ करोड १७ लाख ५६ हजार ७६३ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । केही दिनमै सरकारले खरिद गरेको १० लाख डोज भेरोसिल खोप चीनबाट नेपाल भित्रिँदैछ । तर खोप लगाउने सूचीमा पनि शिक्षक प्राथमिकतामा छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९६५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । ७ लाख ४९ हजार १३६ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् ।

    शिक्षक रामराज बस्नेतले सरकारले खोप अभियानमा शिक्षकलाई बेवास्ता गरेको बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाको समयतालिका सार्वजनिक भएको छ । तर त्रिविका शिक्षक कर्मचारीले पनि खोप लगाउन पाएका छैनन् । केही शिक्षकहरुले खोप उपलब्ध नगराए दबाब निर्माण गरेर संघर्ष गर्ने जनाएका छन् ।

    स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको पहिलो प्राथमिकीकरण सूचीमा स्वास्थ्यकर्मी, सार्वजनिक सफाइकर्मी, नेपाल सरकार बैंक तथा संस्थानका कर्मचारी, कैदीबन्दी रहेका छन् । खोप लगाउने दोस्रो प्राथमिकताको सूचीमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २६ २०७७०३:१८:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology