मंगलवार, आषाढ ८ २०७८Jun 22 2021

Logo
images
images
images
images
आजको विशेष

राष्ट्रपतिलाई कांग्रेस नेता मिन विश्वकर्माको प्रश्न– संविधान, कानुन र अभ्यास हेर्ने कि प्रधानमन्त्रीको जिद्दी ?

राष्ट्रपतिलाई कांग्रेस नेता मिन विश्वकर्माको प्रश्न– संविधान, कानुन र अभ्यास हेर्ने कि प्रधानमन्त्रीको जिद्दी ?

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 1.3K
    SHARES

  • राष्ट्रपतिलाई कांग्रेस नेता मिन विश्वकर्माको प्रश्न– संविधान, कानुन र अभ्यास हेर्ने कि प्रधानमन्त्रीको जिद्दी ?

     १. प्रधानमन्त्री केपी ओलीले आफूसंग बहुमत छ भन्ने लागेको भए संविधानको धारा ७६ (४) बमोजिमको बिस्वासको मत किन नलिएको ?

    २. बिस्वासको मत लिने पर्याप्त समय हुँदाहुँदै किन मन्त्रीपरिषदको निर्णयसाथ मार्गप्रशस्त गरेको राष्ट्रपतिसमक्ष सिफारिस गर्नु र पत्रकार सम्मेलनमार्फत सार्बजनिक गर्नु ?

    images
    images

    ३. केही घण्टाअघि आफूले प्रधानमन्त्री हुनै मन छैन भनेर त्यो बाटै छोडेको घोषणा गर्ने अनि कुन आधारमा फेरि प्रधानमन्त्री पदको दावी गरेको ?

    ४.प्रधानमन्त्रीले संविधानको धारा ७६ (४ं) बमोजिम बिश्वासको मत लिन सक्दिन अब धारा ७६ (५) बमोजिम अन्य कसैलाई प्रधानमन्त्री बनाए हुन्छ भनी लिखित सिफारिस पेश गरेपश्चात मात्रै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि संसद्का कुनै सदस्यको नाममा बिश्वास हुने आधार माग गरेपछि २७१ संसद सद्स्य संख्याको बहुमत १३६ माथि १४९ जनाको हस्ताक्षर लिएर शेरबहादुर देउवासहित हस्ताक्षरकर्ताहरु राष्ट्रपति भवन गएका होइनन र ?

    ५. संसदका १४९ सदस्यहरु हस्ताक्षरसहित आफै उपस्थित हुँदाहुँदै प्रधानमन्त्रीको प्रतिस्पर्धामै नरहेका ब्यक्तिको (बिना हस्ताक्षरको फर्जी) निवेदन आको छ । सल्लाह गर्छु भन्नुपर्ने कारण के छ ?

    ६. प्रधानमन्त्री केपी ओली जालिझेलि लफडावाला हुन् नै, मुकुकलाई थाहा छ । तर राष्ट्रपतिले संविधान, कानुन र अभ्यास हेर्ने कि प्रधानमन्त्रीको जिद्दी ?

    ७. रास्ट्रपति महोदयलाई अर्को प्रश्न । प्रधानमन्त्रीको पद खाली नभएको भए २१ घण्टाको सम्य दिएर नयाँ प्रधानमन्त्री नियुक्तिको आह्वान किन ?

    ८. केपी ओलीलाई प्रधानमन्त्री पद छोड्न मन थिएन वा राष्ट्रपतिलाई पनि केपी ओलि नै बनाउन मन थियो भने बिनासित्तिमा २१ घण्टे सूचना गरी नयाँ प्रधानमन्त्री नियुक्तिको आब्वान गरेर नदुखेको टाउको किन दुखाएको ?

    ९. खाली भएको भए आब्वान गरेबमोजिम रीतपूर्वक पेश भएको निबेदनमाथि निर्णय नगरी पद त्याग गरेका प्रधानमन्त्रीको सिफारिसमा संसद जस्तो जनताको सर्वोच्च निकाय विघटन गरेको नाटक किन गर्नु ?

    १०. धारा ७६(३) को प्रधानमन्त्री पद खाली नभई धारा ७६ (५) को नियुक्तिका लागि किन आब्वान गर्नु र खाली भएको भए नयाँ ब्यक्ति रितपूर्बक आउँदा किन नियुक्ति नगर्नु ?

    ११. अर्को कुरा संविधानको धारा ७६ (१,२,३) दलिय सहमति वा गठबन्धनको सरकार असम्भव भएपश्चात् नै ७६ (५) बमोजिमको संसद सदस्यहरुको ब्यक्तिगत सहमति र सहकार्यमा सरकार गठनको प्रावधान राखिएको हो । त्यसैले राष्ट्रपति र केपी ओलिको बद्नियतपूर्ण साठगाँठमा संविधानको जालसाची गरी संविधान, मुलुक र जनतालाई गम्भीर संकटमा धकेलेका छन । अव यसको उपचार कानुनी र राजनीतिक ढंगले गरिनुपर्दछ । – फेसबुकबाट

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०७:३८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology