मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

देशभरका स्कूल, कलेज ४ दिनसम्म बन्द गर्ने सरकारको आकस्मिक निर्णय

देशभरका स्कूल, कलेज ४ दिनसम्म बन्द गर्ने सरकारको आकस्मिक निर्णय

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०७७

  • 3.7K
    SHARES

  • देशभरका स्कूल, कलेज ४ दिनसम्म बन्द गर्ने सरकारको आकस्मिक निर्णय

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक बैठक गर्दै देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको छ ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षामन्त्री श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।

    images
    images

    बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताएका छन् ।

    बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्मा, सहसचिव डा. हरी लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो ।

    बैठकअघि मन्त्री श्रेष्ठले विद्यालय बन्द गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । त्यसपछि मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताएका छन् ।

    भोलि मंगलबारदेखि शुक्रबारसम्म देशभरका सबै शिक्षण संस्था बन्द हुने भएका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १६ २०७७०२:४५:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology