काठमाडौं – नेपालमा राजतन्त्र अन्त्य नभएको भए पूर्व राजा ज्ञानेन्द्र शाहपछि राजा हुने पालो पारस शाहको थियो । तर राजतन्त्रको अन्त्यसँगै पारसको राजा बन्ने सम्भावना सकियो ।
अझै पनि कतिपयले राजतन्त्र पुनर्स्थापना हुने आशा गर्छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन, सभा, छलफल समेत हुने गरेको छ ।
यसै सिलसिलामा पूर्व युवराज पारस शाहलाई जनस्तरमा स्थापित गर्न आगामी चैत १८ गते सप्तरीमा सम्मान गरिने भएको छ ।
धार्मिक भ्रमणमा आउने तय भएका पूर्व युवराज पारसलाई नागरिक अभिनन्दन गरिने जनाइएको छ । राम हनुमान आराधना मण्डल तथा २०४७ सालको संविधान पुनर्स्थापना हाम्रो अभियान संगठनले संयुक्त रूपमा नागरिक अभिनन्दन र सम्मान गर्ने भएको छ ।
कार्यक्रमका लागि डा. देवनारायणको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको शनिवार पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।
जनस्तरका कार्यक्रममा अभिनन्दन र सम्मान थापेर राजतन्त्र पुनर्स्थापना सम्भव छ कि छैन हेर्न बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।