मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

सरकार र विप्लवबीच के हुँदैछ सहमति ? संयुक्त पत्रकार सम्मेलन गरिने

सरकार र विप्लवबीच के हुँदैछ सहमति ? संयुक्त पत्रकार सम्मेलन गरिने

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 702
    SHARES

  • सरकार र विप्लवबीच के हुँदैछ सहमति ? संयुक्त पत्रकार सम्मेलन गरिने

    काठमाडौं – सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच बुधवार २ चरणमा वार्ता भएको छ ।

    २ वर्षदेखि प्रतिबन्धित विप्लव समूहको वार्ता टोलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निम्त्याएर सरकारले वार्ता गरेको हो । 

    images
    images

    सरकारी वार्ता टोलीसँग बुधवार बिहान र साँझ गरी २ चरण बस्दा पनि विप्लवका प्रतिनिधि सार्वजनिक भएका छैनन् । विप्लवको वार्ता टोलीका सदस्यहरू मध्यस्थकर्ता नेपबहादुर कुँवरसँगै बालुवाटार गएका थिए । 

    दुबै पक्षका वार्ता टोलीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने समझदारी दोस्रो चरणको वार्ताका क्रममा जुटेको जनाइएको छ । तर कहिले गर्ने भन्ने विषयमा मोडालिटी तयार पारेपछि मात्र समय तय गरिने भएको छ । 

    सकभर फास्ट ट्रयाक विधिबाटै वार्तालाई परिणाममुखी बनाउने गरी छलफल केन्द्रित रहेको वार्ता टोलीका एक सदस्यले बताएका छन् । दुबै पक्षबीच विषय केन्द्रित रही समान धारणानजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् । 

    सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएका छन् । गृहमन्त्री थापाले वार्तापछि सामाजिक सञ्जालमार्फत त्यस्तो प्रतिक्रिया दिएका छन् ।

    ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ,’ गृहमन्त्री थापाले भने, ‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

    वार्तामा विप्लव पक्षसँग रहेको हतियार बुझाउनेदेखि वैधानिक आन्दोलनमा आउने विषयमा हस्ताक्षर गर्नुपर्नेसम्मका धारणा सरकारी टोलीले राखेको स्रोतले बताएको छ । विप्लवका प्रतिनिधिले भने प्रतिबन्ध फुकुवा र बन्दी नेता, कार्यकर्ता रिहाइमा जोड दिएको थियो । 

    ‘त्यस्तो कुनै बाहिर आएजस्तो छलफल छैन, सकारात्मक ढंगले नै विषय केन्द्रित छलफल छ,’ विप्लवको वार्ता टोलीका सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले भने, ‘अझै १–२ चरण छलफलपछि मात्र केही धारणा बन्ला । अहिले सकारात्मक ढंगले छलफल अगाडि बढेको छ ।’ 

    बिहीवार पनि सरकार र विप्लवको पार्टीबीच वार्ता हुने जनाइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २० २०७७०६:३६:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology