काठमाडौं – ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई पक्राउ गरेको छ ।
पुनलाई बुधबार दिउँसो ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतमा ज्यान मार्ने मुद्दा परेकाले पुनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताएका छन् ।
विक्रम संवत् २०७६ सालमा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत ३ जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
विक्रम संवत् २०७६ कात्तिक १२ गते खुंगामा एकआपसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।