शनिवार, माघ १० २०७७Jan 23 2021

Logo
images
images
images
images

‘विवादित’ मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने सरकारको निर्णय

‘विवादित’ मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने सरकारको निर्णय

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 615
    SHARES

  • ‘विवादित’ मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने सरकारको निर्णय

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवादको तारो बन्ने गरेको मदन भण्डारी फाउन्डेसनलाई बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षले फाउन्डेसनका नाममा गुट चलाएको आरोप प्रचण्ड–नेपाल पक्षले लगाउँदै आएको छ । नेकपा एकीकृत हुँदा फाउन्डेसनका विवादित गतिविधि रोक्ने निर्णय समेत भएको थियो ।

    images
    images

    सत्तारुढ नेकपाभित्र विवाद बढेसँगै देशैभर फाउन्डेसनका नाममा कार्यक्रम भइरहेको बेला बागमती प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद् बैठकले फाउन्डेसनलाई नगद ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल फाउन्डेसनका केन्द्रीय सदस्य र ओली पक्षीय नेता हुन् ।

    ‘विविध सामाजिक क्षेत्रमा काम गर्ने गरी फाउन्डेसनलाई नगद उपलब्ध गराएका हौं । हामीले अन्य सामाजिक संघसंस्थालाई पनि नगद सहयोग उपलब्ध गराएका थियौं,’ भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले भने ।

    पार्टी निकट फाउन्डेसन भएका कारण मात्र नभएर सामाजिक क्षेत्रमा क्रियाशील संस्था भएको कारण सहयोग गरिएको उनले दाबी गरे । ‘उत्पादनमूलक र सामाजिक क्षेत्रमा गरिने कार्यक्रम पेश भएको खण्डमा अन्य संघसंस्थालाई पनि सहयोग उपलब्ध गराउन सकिन्छ,’ उनले भने ।

    फाउन्डेसन तत्कालीन एमालेका महासचिव मदन भण्डारीको स्मृतिमा खोलिएको संस्था रहेको छ । फाउन्डेसनका संस्थापक अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी र केन्द्रीय अध्यक्षमा भण्डारीकी छोरी उषाकिरण भण्डारी रहेकी छन् ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २८ २०७७०७:०७:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology