काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षहरुबीचको बढ्दो विवादले नेकपा फुट्ने स्थितीमा पुगेको देखिएको छ । यसबीच नेकपाका नेता एवं मन्त्रीहरुले निरन्तररुपमा नेकपा नफुट्ने दाबी गर्दै आएका छन् ।
आज, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताएका छन् ।
स्वतन्त्र राजनीतिक समूह नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहेका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गरेका हुन्।
यद्यपी यहीँ १३ गते नेकपा सचिवालय बैठक छ । बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रस्ताव पेश गर्ने बताइएको छ ।
उता प्रचण्डल र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले भने ओलीलाई कुनै एक वा दुवै पदबाट हटाउँने रणनीति बनाइरहेको समेत बताइएको छ । यसैकारण यहीँ मसिंर १३ गते बस्ने नेकपा सचिवालय बैठकलाई अर्थपुर्ण तरिकाले हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।