अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भइसकेका डेमोक्रेटिक नेता जो बाइडेन सबैभन्दा पाको उमेरका राष्ट्रपति भएर इतिहास रचेका थिए । यसपछि उनले अझ अर्काे इतिहास रचेका छन् ।
नयाँ निर्वाचित राष्ट्रपति बाइडेन आठ करोडभन्दा बढी भोट पाउने पहिलो राष्ट्रपतीय उम्मेदवार बनेर अर्काे इतिहास रचेका हुन् । राष्ट्रपति बन्न चाहिने २७० इलोक्टोरल भोटभन्दा बढी मत बाइडेनले पाइसकेका छन्।
उनी राष्ट्रपति बन्ने पक्का भइसकेको छ र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चुनावी हारलाई स्वीकार गरिसकेका छन्। यद्यपी त्यहाँ केही स्थानमा मतगणना अझै जारी छ। मंगलबारसम्मको जानकारी अनुसार हालसम्म बाइडेनले ८ करोड ३३ हजार ९९६ मत पाइसकेका छन्।
अमेरिकामा ८ करोडभन्दा बढी मत पाउने बाइडेन पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार भएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।
यसअघि सन् २००८ मा बाराक ओबामाले राष्ट्रपति बन्नका लागि ६ करोड ९४ लाख ९८ हजार ५१६ मत पाएका थिए। त्यो नै हालसम्मको अमेरिकी राष्ट्रपतिको उम्मेदवारले पाएको सबैभन्दा बढी मत थियो।
यसपटक ट्रम्पले हालसम्म ७ करोड ३८ लाख ७८ हजार ९०७ मत पाएको जनाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।