शनिवार, मंसिर १३ २०७७Nov 28 2020

Logo
images
images
images
images

केपी ओली निकट कार्यकर्ताले पूर्वअर्थमन्त्री पाण्डेलाई चितवनमा लखेटे

केपी ओली निकट कार्यकर्ताले पूर्वअर्थमन्त्री पाण्डेलाई चितवनमा लखेटे

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 3.4K
    SHARES

  • केपी ओली निकट कार्यकर्ताले पूर्वअर्थमन्त्री पाण्डेलाई चितवनमा लखेटे

    चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै (नेकपाकै) कार्यकर्ताहरुले लखेटेका छन् । 

    चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले ओलीविरुद्ध अनैतिक शब्द प्रयोग गरेको भन्दै लखेटेका हुन् ।

    images
    images

    राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा पूर्वमन्त्री पाण्डेले विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो । 

    तर, उनले विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताहरुले लखेटको बताइएको छ ।

    कार्यक्रममा नेता पाण्डेले विकास आयोजनाको कुनै प्रसंग नै नचलाई गुट–उपगुटको चर्चासहित प्रधानमन्त्रीलाई गाली बेइजत गरेका कार्यकर्ताको आरोप छ । नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आएको समेत एक कार्यकर्ताले बताए ।

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०१:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology