आइतवार, कार्तिक १६ २०७७Nov 01 2020

Logo
images
images

कोरोनाको संकटमा नोबेलले कर्मचारीलाई बाँड्यो १ करोड २६ लाख बोनस

कोरोनाको संकटमा नोबेलले कर्मचारीलाई बाँड्यो १ करोड २६ लाख बोनस

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 459
    SHARES

  • कोरोनाको संकटमा नोबेलले कर्मचारीलाई बाँड्यो १ करोड २६ लाख बोनस

    विराटनगर- कोरोना भाइरसको माहामारीका बेला नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ ।

    निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउने, बेतलबी राख्ने, आंशिक काममा लगाउने, काम गर्नेलाई पनि न्यून तलब दिने लगायत समस्या देखिएका बेला नोबेलले कर्मचारीहरुलाई दशैं मनाउनका लागि बोनस दिएको हो ।

    images
    images

    अस्पतालले ९८० जना कर्मचारीलाई दशैं बोनस बापत ९५ लाख १३ हजार रकम वितरण  गरेको बताएको हो ।

    त्यस्तै अन्य संस्थामार्फत संस्थामा आवद्ध भएका सुरक्षागार्ड, सफाई कर्मचारी लगायतलाई पनि बोनसका लागि नोबेलले करिब ३१ लाख २८ हजार रकम सम्बन्धित संस्थालाई दिएको जनाएको छ ।

    प्रत्यक्ष रोजगार र अन्य संस्थामार्फत् सम्झौता भएर काम गर्ने गरी नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन् । नोबेलमा काम गर्ने कर्मचारीले प्रतिव्यक्ति न्यूनतम ८ हजार ४ सय ५५ देखि अधिकतम ४० हजार रुपैयाँसम्म बोनस पाएका छन् ।

    कोरोनाको महामारीका कारण अन्य क्षेत्र जस्तै नोबेल पनि प्रभावित भएतापनि संकटका बेला आएको दशैंमा कर्मचारीलाई राहत स्वरुप बोनस वितरण गरिएको नोबेल अस्पतालका संचालक डा।सुनिल शर्मा बताउँछन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ३० २०७७०७:४७:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology