आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

Logo
images
images

शान्तालाई हटाउन बालुवाटारभित्रै जुलुस

शान्तालाई हटाउन बालुवाटारभित्रै जुलुस

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 20.5K
    SHARES

  • शान्तालाई हटाउन बालुवाटारभित्रै जुलुस
    तस्बिर : सामाजिक सन्जाल

    काठमाडौं - अमेरिकन मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का कारण तनाबमा परेर प्रधानमन्त्री केपी ओलीले संसदको अधिवेशन हठातमा बन्द गरिदिए ।

    संसद बन्द भएपछि ओलीले आफ्नो हल्लिरहेको कुर्सी बचाउन सफल भए । संसदमा प्रमुख विपक्षी दलसहितका अन्य दलका सांसदहरूलाई कोरोना र भोकका कारण आत्महत्या गर्न बाध्य भएका जनताको कुरै सुन्नु परेन । ओलीलाई अहिले सञ्चो भएको होला । तर, उनले जनतालाई ठूलो धोका दिएका छन् ।

    images
    images

    प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि संसद बैठक बोलाउन दिवाव दिन सकेको छैन । संसद बैठक चोल्ने हो भने कांग्रेसका सांसदहरूले सरकारविरुद्ध जोडदार माग उठाउने थिए । कांग्रेसको दवाव थेग्न समस्या हुन्छ भनेर ओलीले तत्काल संसदहरू बोलाउन चाहेका छैनन् । संसदीय समितिहरू पनि सक्रिय छैनन् । संसदीय समितिहरू सक्रिय हुँदा सरकारलाई दवाव पर्ने थियो । तर, ओली संसदीय समितिहरूलाई पनि सक्रिय हुन दिएका छैनन् ।

    नेकपाका प्रमुख सचेतक देव गुरुङ र सचेतक शान्ता चौधरी छन् । उनीहरूको कार्य सम्पादन संसदभित्र निकै कमजोर छ । गुरुङको भन्दा पनि चौधरीको कार्यसम्पादन निरासाजनक रहेको छ । सामाजिक सञ्जालमा सधै सक्रिय देखिने चौधरीले संसदीय गतिविधिमा आफूलाई अगाडि बढाउन सकेकी छैनन् । चौधरीलाई संसद सचिवालयले गाडीसहितको धेरै सुविधा दिएका छ । सचेतक चौधरीले कुनै काम गर्न सकेकी छैनिन् ।

    चौधरीलाई सचेतक पदबाट हटाउन दवाव परिरहेको छ । केही सांसदहरूले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीलाई भेटेर चौधरीलाई हटाउन माग गरेका छन् ।

    ओलीले चौधरीलाई हटाउने वा होइन केही भनेका छैनन् । चौधरीलाई हटाएर राम्रो मान्छेलाई सचेतक बनाउन दवाव परेपछि ओली पनि दोधारमा परेका छन् । बेलाबेला विवादमा आइरहने चौधरीलाई पनि काम गर्न नसकेको भनेर जानकारी छ । तर, उनले आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा छैनिन् ।

    चौधरीले सचेतक पद हुँदा हुँदै मन्त्री बन्ने लविङमा पनि सक्रिय छिन् । नेकपाकी नेतृ समेत रहेकी चौधरीले अवसर पाउने थारु महिलामा सबैभन्दा धेरै पछिन् । मुक्त कमलरीको नाममा उनी मालामाल छिन् ।

    सुरुमा संसदीय समितिको सभापति बनेकी चौधरीले कार्य सम्पादन राम्रो गर्न नसकेपछि हटाउन ओलीलाई दवाव भएको हो । हुन त चौधरी मन्त्री बन्ने सूचीमा छिन् भनेर हल्ला पिटाएकी छिन् । चौधरीलाई मन्त्री बन्न नदिन ओली निकटकै केही नेताहरू पनि सक्रिय छन् । युनाइटेड पोस्ट साप्ताहिकमा खबर छापिएको छ । 

    प्रमुख सचेतक गुरुङलाई पनि हटाउन दवाव परिरहेको छ । गुरुङले मन्त्री बनाउने हो भने मात्रै प्रमुख सचेतक पद छाड्ने मनस्थितिमा छन् । पुष्पकमल दाहाल र रामबहादुर थापाले गुरुङलाई मन्त्री बनाउन तयारी गरेका पनि छन् ।

    भाग नपुग्ने भएपछि पूर्वमाओवादीले पाएको प्रमुख सचेतक पद पनि गुम्ने हो कि भन्ने खतरा पनि छ । ओली सरकारलाई जनताको काम गर्न दवाव दिन पनि प्रमुख सचेतक र सचेत कार्यसम्पादनमा राम्रो हुनुपर्छ । 

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७१०:३८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology