बुधवार, कार्तिक १२ २०७७Oct 28 2020

Logo
images
images

१० वर्षसम्म वैदेशिक रोजगारमा हराएको साथीलाई चिठ्ठीपछि फाेन सम्पर्क हुँदाकाे खुसी...

१० वर्षसम्म वैदेशिक रोजगारमा हराएको साथीलाई चिठ्ठीपछि फाेन सम्पर्क हुँदाकाे खुसी...

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 8.3K
    SHARES

  • १० वर्षसम्म वैदेशिक रोजगारमा हराएको साथीलाई चिठ्ठीपछि फाेन सम्पर्क हुँदाकाे खुसी...

    काठमाडाैं- तनहुँका सोचेन्द्र खनाल हमालले वैदेशिक रोजगारीमा हराइरहेका आफ्ना साथीलाई गत भदाै २२ मा, सत्य घटनामा आधारित एक पत्र लेखेका थिए । त्यसै पत्रकाे दाेस्राे श्रृखला उनले फेरि प्रस्तुत गरेका छन् ।

    निकै नै पाठकले मन पराइदिएपछि उनले पत्रकाे दाेस्राे भागलाई यसरी सुरू गरेका छन्-

    images
    images

    १० वर्षसम्म वैदेशिक रोजगारमा हराएको साथीलाई चिठ्ठी 'मिडियाबाट प्रकाशित हुदा देखी नै मलाई मेरा केही कमजोरी, केहि हौसला र शुभकामना दिनेको भ्याइ नभ्याइको अवस्था र कोरोना भाईरसको कारणले विश्व समाज नै आतंकित, त्रसित र भयावह अवस्था थियाे । 

    तर, पनि त्यो रात निन्द्रा पर्दा नपर्दै छटपटी-छटपटीमा कहाँबाट भुसुक्कै मिठो निन्द्रामा परेछु। त्यत्तिकैमा कहाँ कहाँ मोबाइल बजेको भान भयो,आँखा मिच्दै,छामछुम गर्दै मोबाइल चार्ज गरेको ठाउँसम्म पुग्छु, धमिलो आँखा खोल्दै मोबाइल हेर्दा त्यस्तो १५ अंकबाट फोन नआउने मलाइ यति राती कहाँबाट होला भन्दै आश्चर्य  पर्छु अनि  फोन उठाउछु।

    हेल्लो !

    (हेल्लो हजुर सोचेन्द्र जी बोल्नु भएको हो ?)

    हो, हजुर को ? कहाँबाट यति मध्यरातमा किन सम्झिनु भयो होला ?

    (ए साच्चै ! त्यहाँ (नेपाल ) त रात छ है, अन्यथा नलिइदिनू होला, माफ गर्नु होला हजुरको त्यो लेख असाध्य राम्रो लाग्यो, मन बिझायो र यो मन थाम्न नसकेर  हजुरलाई सम्पर्क गरेको हु। (उसको प्रतिउत्तरमा उसलाई धन्याबाद भन्दै फोन राख्न खोज्दैथिए।)

    यत्तिकैमा उताबाट भन्छ (ओए !  मलाई चिनिनस ?

    म गोपाल, उसको त्यो शब्दमा मलाई कुनै ठुलै बिपत्ति र आकाश  खसेको भानभइ थचक्क कुर्चिमा बस्न पुग्छु। कोही कता-कता मनमा करायो जस्तो भान भयो  ।

    हेल्लो ! हेल्लो !!  हेल्लो !!!

    झसङ्ग आफैमा झस्किन्छु र मोबाइल समातेर म उ प्रतिको आक्रोश एकै सासमा करिब ३ मिनेटसम्म व्यक्त गर्दै म भित्र रहेको ऊ प्रतिको आवेगमा बिस्फोट  हुन्छु, र आफुमा आफुलाई आँखाबाट खुशी र भावानात्मक आशुको मुल फुटेको पाउछु।

    उ हास्दै भन्छ, सकियो अबरुमन हलुङ्गो भयो भन्दै उ आफुमा बग्न थाल्छ, तेरो पत्र पढेँ  १,२,३,४ होइन् कमसेकम १०० चोटी पढेको कुरा सुनाउदै थियो ।

    मैले उसलाइ यी बिचमा नाटक नगर्न सुझावका साथ हाम्रो कुनै सम्बन्ध नरहेको बताउछु। यसैमा उ भन्छ, हो म कुकुर, पापी, असत्ति, राक्षस भए भन्दै भक्कानिएर रुन थाल्छ र त्यो पिडा सहन नसकी म उसको कुरा सुन्ने जमर्को गर्दछु ।

    यो संसार अचम्म छ, यहाँ गल्ति मानिसबाट नौ हुने हो, आखीर कोही बाध्यताले  गलत काम गरेका हुन्छन त कोही आफ्नो स्वार्थको लागी, सम्भवत उसलाइ पनि कुनै  बाध्यताले, कुनै परिबन्धनमा परेको होला भन्ने सोचका साथ म उसको कुरा सुन्ने अठोट गर्दै उस्को एकोहोरो कुरा सुन्न थाल्छु। 

    म नबोली अब उस्को कुरा सुन्न थाल्छु...

    जब तेरो म प्रतिको पिडादायक, आक्रोशीत, भाबुक र मार्मिक पत्र प्राप्त भयो  तब त्यसलाई मैले १,२,४,५ होइन धेरै  चोटी शब्द केलाई केलाई पढेँ, कतै खुशीको भाव, कतै हृदय  मुर्छित हुँदै थिएँ यसबाट म आफु आफुमा सम्हालिन नसकी कयौं  दिन बाट मन तरङ्गीत भई राम्रो सङ्ग  निदाउन सकिरहेको छैन।

    भनिन्छ नि मान्छेको जात नै स्वार्थी हुन्छ रे, यहाँ म त्यही एउटा पापी पात्र हो जो आफ्नो खुशीमा १० वर्ष सम्म घरपरिवारलाई  नर्कमय बनाएछु।  देशमा उचित रोजगारीको अवसरको सिर्जना नहुनु र गरिबीको बाध्यता, यी यावत  समस्याका खातिर २,४ बर्ष  बिदेशि भुमिमा पसिना बगाएर परिवारको उज्वल भविष्यको परीकल्पनाका साथ वैदेशिक रोजगारमा आए, फरक किसिमका मानिस, भाषा, धर्म संस्कृति  परम्पराका बाबजुत पनि ४५॰ गर्मीको बिच वैदेशिक भुमिमा पसिना बगाउदै काम गर्दै गए, सुरु सुरुमा घर परिवार, प्राकृतिक सुन्दरताको खानी स्वर्ग जस्तो मेरो देश,साथिभाई सम्झनाले चङ्गा सरी हुने यो मन, चरी भए पनि रत्तिभरमा उडेर पुगौ जस्तो हुन्थ्यो। सुरुमा केही समय बाधा भएता पनि दिनको १५,१६ घण्टा काम र थकानले क्रमश दिन प्रतिदिन सम्झनाहरु भुल्दै  बित्न थाल्यो।

    काम गर्ने शिलशिलामा मेरो कम्पनिमा म भन्दा  सिनीयर महिला सङ्ग मेरो परिचय भयो जो यहि देशको नागरिक रहिछिन्। २४,२५  बर्षको उमेर जस्तो  मलिलो चिल्लो अनुहार देखिने उस्को उमेर बढि होला भन्ने मलाई ठम्याइ नै भएन। दिन प्रतिदिन उ  सङ्गको घुलमिलले गर्दा हाम्रो मायामा परिणत हुँदै गयो यति सम्मकी हामी सङ्गै बस्ने निर्णय समेत गर्यौ।

    उ यही देशको नगिरिकको हैसियतले उ सङ्ग बस्दा मलाई पनि सजिलो हुने भएकोले  म उ सङ्ग लिविंग टुगेदरमा रहने निर्णय गरि अपार्टमेन्ट लिएर सगै बस्न थाल्यौ। दिन प्रतिदिन म उ अनि उ म प्रती नजिक हुदै गर्दा आज मेरो प्राण भन्दा प्यारो श्रीमती, सधै छोरा भन्दा छातीमा टासी काखैमा हुर्काएका मेरो माया ममता प्रेरणाका खानी बुबाआमा र मेरो ज्यान भन्दा प्यरो मुटुको टुक्रा छोराछोरीहरुको जिन्दगी दुखी बनाएकोमा मलाई आज आएर बल्ल आत्मग्लानी महसुस भएको छ । भनिन्छ मानिसको जात नै स्वार्थी हुन्छन रे सम्भवत म जस्तो  पापी यो सन्सारमा कोही छैन होला।

    यो झिलीमिली, देखावटि  स्वार्थी ठाऊँमा यहाँ जो  कोही आफु आफ्नो लागी बाच्ने रहेछन्, आफ्नो आफ्नो कमाई अनुसारको जिन्दगी, आज जीउनु छ त आज खुशी हुनु , भोली देखा जायगा भन्ने कुरा सङ्गतले मलाई सिकायो।  प्यारो साथी , हेर जो मेरो फोटोमा तेरो नजर अन्दाज भयो त्यो पुरा सत्यता हो। नेपालमा हुदा गोठालो, भारी बोकी कुटो कोदालो कृषी पेसा गर्ने हामी याहाँ १५,१६ घण्टा काम  गर्न सक्ने केही ठुलो कुरा भएन, आखीर यसैको परिणाम हुन सक्छ।

    साची है त्यो हाम्रो काठको गाडी, हाम्रो गाऊ घरका अर्गानिक स्वादिलो खाने कुराहरु, शरीरिक र मानसिक अनि मनै आनन्दित पार्ने खेल, हावा पानी, झरना, आदी जो हाम्रो बर्तमान सम्झी मन भक्कानिएर आउछ। अस्ती एक दिन मनका पिडा बाबजुत मन भुल्ने आशमा म यहाँ रहेको नाच घर पुगे, त्यहाँको झलमल्ल बत्ती, राम्रा राम्रा सुन्दर युवती, लट्ठ पार्ने मदिराका बाबजुत उफ्रने नाच्ने रमाईलो गर्ने त्यो ठाऊँमा, एकाएक झल्झली गाऊको रोधी याद आयो साची त्यो लभ दाईले बजाएको बासुरी अनी हरि दाई, कुमार दाई,श्याम दाई,रमेश दाई र राम दाईहरुले बजाएको त्यो खैजडि, मादलको तालमा गीता, सम्झना, रिता, सिता, राम, गणेश अनी रमिताहरुको नाचले सम्झी मन छटपटी भयो, साची त्यो लन्केली बा,लक्ष्य दाई,र सहिला दाईले पन्चेबाजामा फुक्ने नर्सिङ्गा, अनिले, सहिल्ला  र सन्तोषको सहनाइ अनि बुधे दाई र त्यो कान्छाको ढोलकी र मादल फुच्चाहरुको छाङ्गछाङ्ग अनी त्यस्मा अकबर र बिनोद दाईको नाच सम्झी आफुमा थोरै खुशीका साथ धेरै पीडाबोध, मन छटपटी, तरङ्गीत बाबजुत त्यस  नाचघर बाट  निस्की कहिले समुन्द्रको छेऊ,त कैले त्यहाँका सडक,गल्ली साथमा म सङ्ग, मलाई एकदम माया गर्ने, मेरो प्रिय साथी चुरोटको साहारामा उज्यालो भएको पनि पत्तो भएन।

    रातभरिको अनिदो र आतंकित मनले गर्दा हिजो पनि कम्पनी गईन। बिगत २,४ दिन बाट यस्तो मानसिक पिडाले गर्दा कम्पनी नगएको पनि धेरै दिन भएछ।  साची है, बचपनमा गरेको चकचकापन त्यो रातो माटोमा सबैले पिसाब फेरी चिप्लेटी खोल्दा हुने कपडा फोहोरमा सरले हान्ने ५ छडी, बखाल्टो बनाई पराल घासले पुरी  रिस उठेको साथिलाई  पर्ने पासो, आफ्नो बरिमा साथीभाईलाई  सन्काई(सन्काई सुन्तला चोर्न लगाउने , भोगटे, निबुवा, काक्रो, आप अनि उखुहरु।  है साथी, कस्तो रमाईलो र स्मरणिय थियो हाम्रो जिन्दगी, के गर्नू यार यो मानवरुपी  खेलमा भाविले हामीलाई  कहाँबाट कहाँ पुर्याउदो रहेछ।

    आखीर हेर त मेरो परिवार, मबाट कति ठुलो अन्याय भयो, अखीर १० बर्ष सम्म निकै पिडादायी जिन्दगी बनाउने म कुनै दृष्टिकोणबाट माफिको लायक छैन। मानिस हो मानिसबाट भुल हुन्छ, विश्वस्त छु मेरो बुबाआमाबाट त छोरा सम्झी मलाई माफ गर्नूहुनेछ।

    श्रीमतीबाट  पक्का पनि म  प्रति उसको १० बर्ष  भोको मायाले खुशीका आँसुका साथ अंगालोभरिको मायाले विगत भुली स्वागत गर्नेछिन होला, तर मनमा ठुलो भुकम्पले धक्का दिएको छ।

    आखीर किन नदिओस त, एउटा अभिभावक जो छोराछोरीहरुलाई  माया,ममता,प्रेरणा दिने र बाटो देखाऊने समयमा जो मेरो हर्कत सुन्दा के सम्झी,कस्तो सोचेको होलानरु खै कसरी यो अप्ठ्यारोको समाधान गर्ने भनी सोच्दा सोच्दा पागलसरी भई सकेको छु, जे भयो भयो अब उप्रान्त जस्तो परिस्थितिमा पनि म मेरो परिवारलाई सधै साथ दिने बाचा गरेको छु।

    हेर, तेरो पत्र देख्दा साह्रै खुशी लाग्यो, साची त पनि ठुलो मान्छे  भयो जस्तो भान भयो, हो म तैले भने झै चाडो देश फर्की तैले भने जस्तो माटोमा सुन त फलाउन सक्दिन होला तर पनि यहाँ १० बर्ष सम्म सिकेको सीपको आधारमा गाउघरमा रहेको कच्चापदार्थको प्रयोगबाट विश्व जगतमा चाहिने बस्तुहरु कम मुल्यमा उत्पादन गर्ने छु र कमसेकम पनि हजारै श्रमिकलाई  त्यही आफ्नो ठाउँमा रोजगारी सृजना गराउन तत्पर रहने छु।

    म जस्ता जो बिदेशबाट आएका गाउँमा रहेका, बिभिन्न शिपका ज्ञान पाएर पनि अवसर नपाएका सबैको सहभागिता र हातेमालोका साथ यो देश निर्माणमा हामी युवा शक्ती अग्रसर हुने छौ।

    सुन्दै छु ,अचेल बैदेशिक रोजगारका कारण गाऊमा युवाशक्ति लोप भयो रे, मर्दा पर्दा पनि ६० काटेका बुढापाकाहरुले  सम्पुर्ण कार्य गर्नू पर्ने कस्तो बिडम्बना है। यत्तिकैको बीच उसको अर्को मोबाइलमा घन्टी बज्छ र उस्ले मलाई भन्छ पख है हस्पिटलबाट फोन आयो,ए के किन आत्तिदै उस्लाई प्रश्न गर्छु, ओई, के भयो  ?

    उताबाट नम्र स्वरमा भन्छ ए त्यो...

    मेरो त्यो के, मैले केही मेसो नपाएको हुदा फेरी सोध्छु, को के ?

    त्यही के मेरो यहा को  के साथी, ए हेर्न उस्लाई हिजो बिहान छाती दुख्यो भनेर हस्पिटल छोडेर आएको, बेलुका थाहा भयो कोभिड-१९  रिपोर्ट पोजेटिभ आएछ, गाह्रो भई ICU मा राखेको छ ।   पख ल म फोन उठाउछु। यत्तिकैमा उस्ले लाउड स्पीकरमा फोन उठाउछ ।

    (Hello is this Mr. Gopal ? Ye... es Sorry she is no more...

    सोच्छु ,उस्को होस्पिटलको फोन काटियो, यसो मोबाइल हेर्छु त करिब ४७ मिनेटसम्म बोलेको हामी, उस्को फोन मबाट सम्पर्क बिच्छेद भएको रहेछ। 

    आत्तिदै  उस्लाई यताबाट सम्पर्क गर्न कोसिस गर्दछु तर सम्पर्क हुन सक्दैन...

    भानु, ६, टुहुरे पसल,

    तनहुँ साेचेन्द्र खनाल हमाल

    यो पनि पढ्नुहोस्

    १० वर्षसम्म वैदेशिक रोजगारमा हराएको साथीलाई चिठ्ठी

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०७:३६:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology