बिहिवार, आश्विन ८ २०७७Sep 24 2020

Logo
images
images

१० वर्षसम्म वैदेशिक रोजगारमा हराएको साथीलाई चिठ्ठी

१० वर्षसम्म वैदेशिक रोजगारमा हराएको साथीलाई चिठ्ठी

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 8.2K
    SHARES

  • १० वर्षसम्म वैदेशिक रोजगारमा हराएको साथीलाई चिठ्ठी

    काठमाडौं- वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुले अनेकौं किसिमका समस्याहरु भोगेका हुन्छन् । कसैले विदेशमा समस्याको सिकार हुनुपर्छ त, कसैले विदेश गएका कारण स्वोदेशमा समस्या हुन्छ ।

    हुनत, कामदार बनेर विदेश जानु रहर तर, पनि लाखौं नेपालीको विदेशीने बाध्यता नै जिवनको आधारशिला बनेको छ । यसैबीच तनहुँका सोचेन्द्र खनाल हमालले वैदेशिक रोजगारीमा हराइरहेका आफ्ना साथीलाई एक पत्र लेखेका छन् ।

    पत्रमार्फत उनले साथीले विदेश गएपछि स्वदेशमा भएको परिवारको समस्या र साथि विदेशमा हराएपछि के भयो र उनले स्वदेशलाई कसरी बिर्से भन्ने कुरा खुलाएका छन् । वास्तविक जिवनसँग मेल खाने यो पत्र उनले १० वर्षसम्म वैदेशिक रोजगारीम हराइरहेका सथाीलाई लेखेका हुन् । 

    यस्तो छ सोचन्द्रको पत्र:

    मिती:- २०७७-५-२२

    प्यारो साथी, 
    साथीको तर्फ बाट धेरै-धेरै माया तथा सम्झना !


    विश्व जगतमा  भयभित र तरंगीत बनाएको कोभिड-१९ महामारीले गर्दा आज नेपाल पनि पूर्ण वा आशिंकरूपमा लकडाउनमा छ। मनमा त्रासका बाबजुत पनि परिवारसँग हासी मजाकमा दिनचार्य  जाँदै छ। भनिन्छ नी, जब मानिसलाई फुर्सद हुन्छ अनी त सबैलाई सम्झिन्छ रे नी त यसै बिचमा बचपनका साथी बिचमा ग्रुप च्याट सुरु गर्यौ तर, बिडम्बना त्यहाँ तेरो अनुपस्थितले हामी सबैको मन बिझायो तब साथी आज भोलि तेरो यादले मुर्छित भई यो पत्र लेख्दै छु।


    खै ,कहाँ  बाट सुरु गरौ, साच्चि Know लाई कनाऊ भन्ने  तँ अचेल पनि उस्तै छ की सुधारिस ? अस्ती भर्खर जस्तो लाग्थ्यो एअरपोर्ट छोडेर आएको समय पनि कति  निस्ठुरी कति चाँडो १० बर्ष कटेछ। गएको ३ महिना सम्म त प्राय: फोन गर्ने गर्थिस त, अब २ / ४ वर्ष जेनतेन गरेर आउछु अनी स्वर्ग जस्तो ठाऊँमा  सुन फलाउछु  भन्ने खै आज कहाँ हराईस ?

    आधुनिक जगतमा समेत त तँ  र म बिचमा सम्पर्क नहुनु हाम्रो बिडम्बना हो ।  कतै मबाट केही गलत त भयो की भनेर आफु भित्र भित्रै केलाउन थाल्छु तर केही पाऊदिन। फेसबुकमा अस्ती कहाँ कहाँ बाट तेरो एक चाउरि परेको बिदेशी महिलाको फेसबुक एकाउन्टबाट तेरो तस्बीर देखे र केही समय  खुशी पनी लाग्यो बुढिआमाको धर्मपुत्र भएर बसेछस भनेर र त्यस महिलाको फेसबुक केलाउदा केलौदा मेरो खुशी रत्ती भरमा दुखी हुँदै जान थाल्यो। ओहो! त त कति राम्रो भएछस कुनै सिनेमा को हिरो जस्तो , हातमा  (i phone 11 pro max),टोयटाको ब्राण्ड गाडी, स्वीमिङ् पुलमा पौडी खेलेको, Kfc, Vvip होटल रेस्टुरेन्ट, ठुला ठुला जुवा घर, त्यो तेरो राज दरबार जस्तो बंगला, ओ हो गरेछ केटोले भन्ने भान भयो तर  सोचेर हेर्दा गलत रहेछ भन्ने अनुमान गर्न गाह्रो भएन मलाई ।

    साची है बचपनमा जंगल घुमी घुमी ठुलो मुढा काटि बनाएको टायर, चिलाउनेको हेन्डल, अनि फलेक र खेतबाट खनेर ल्याएको पाईप जोडेर बनाएको त्यो गाडी,सम्भवत पक्कै पनि  आज तेरो लक्जरि गाडीले त्यो  खुशी दिएको छैन होला। तेरो मायाले त होला नी है  ! फोटो केलाऊदा केलाऊदा मेरो आखा तेरो कपालमा पुगेर रोकियो।

    सानोमा हामी एक अर्कामा आर्मी स्टाइल,हीरोहरुको स्टाइल कपाल काट्ने हामी, कपाल काट्दा बिग्रेर हुने ग्रह,जुन हुदा २दिन सम्म लखेट्ने  त आज त्यस्तै किसिमको कपाल कटाई देख्दा, सम्भवत मेरो साथिले मलाई भुलेको रहेनछ भन्ने भान भयो।

    साथी त्यो खोला, अनि खोलाको  रह याद छ नी,५०मिटर माथी बाट रहमा हाम फल्ने हामी साची त्यो जमेको पानीमा पनि त्यस्तै रमाईलो र मजा हुन्छ र साथी ?अचेल त मेरो साथिलाई KFC, र भी भी आई पी रेस्टुरेन्टको खाना चाहिन्छ रे सम्भवत म यसमा तलाई केहि भन्दिन अखीर यो जिब्रोको जात नै  बेईमानी भएपछी कस्को के लाग्दो रहेछ र ?

    छ नी हाम्रो गाऊ घरको जस्तो गुन्द्रुक,तामा,सिन्की,चाना जस्तो मिठो चिज त  हुदैन होला है साथी। हाम्रो गाउँको त्यो झुप्रो घरमा चार तीर बाट आउने प्राकृतिक हावा पक्कै पनि तेरो त्यो सिसाले घेरिएको महङ्गो महलमा आउदैन होला है ? बचपनमा खेल्ने हाम्रो खेल, गुच्चा  खल्ती बजाउदै हिड्नु, फूटबल,भलिबल,चुंगि,पिस्तु, लन्गुर बुर्जा, जितमा खल्तिमा पैसा र हारमा त्यही १दिनको खाजा त जान्थ्यो नी है !

    आखीर क्यासीनोले जस्तो उठिबास, स्वाभिमान र प्रतिस्ठा त जान्थेन नी  है साथी। साथी तेरो जिबन सैली देखेर डाहा लागेको होइन् है, तलाई प्रस्ट थाहा छ त मेरो बानी।

    तेरो लागी आकाशको तारा खसालीदिन्छु, त  न भए झुन्डिएर मर्छु भनेर भगाई भगाई बिवाह गरेको भाऊजु आज अरुको काम गरेर पनि छोराछोरि पाल्न मुस्किल छ, खै तैले जानेर मैले न जानेको हो कि ? आखीर १५,१६ घण्टा मरी मरी काम गरेर नै के भयो त।

    भन त त्यो बिदेशी हाम्रो भाउजुको खुट्टामा राख्दा पनि सुहाऊने खाल्की छ? भनिन्छ भाऊजू आमा सम्मान देवि हुन्छन रे तर पनि मन नै न मानेर यो लेख्दै छु, हाम्रा भाऊजू के मा कम हुनुहुन्छ यदी तलाई फेसनेवल नै चाहीएको भए लगाईदे न मिनी स्कर्ट, जेन्स पेन्ट, मेकअप गराईदे अनि थाहा हुन्छ, सम्भवत यसमा तेरो २ दिनको कमाईले पुग्छ भन त बाबु यो संसारमा सब भन्दा ठुलो के हो? सन्तान हुन नी, हैन र ?  

    बिचरा त्यो ७० काटेका बुबा आमा आज पनि भन्दै हुनुहुन्छ  मर्ने बेला छोरोको काखमा मर्नु पाए हुन्थ्यो भनेर, अनी तेरो छोराछोरी त नै भन न छोराछोरीलाई बुबा जस्तो प्यरो चिज अरु के नै हो र ?, स- परिवारलाई त आउने आशामा बाटो हेरेको पनि  आज १० बर्ष भएछ, आफ्नो परिवारलाई किन जीउदै मार्न खोज्दै छस ?

    हेर त तेरो बाऊ,तेरो कत्रो मान इज्जत र प्रतिष्ठा थियो यहाँ आखीर,अरुको भुमिमा जति गरे पनि त्यो ठाऊमा मिल्ने वाला केही छैन, हेर अब नेपाल आईज र हामी युवा शक्ती मिली आफ्नो मिहिनेत,बुद्धी,विवेक र  परिश्रम गरी आधुनिक, बिकसीत देश निमार्ण गर्न अग्रसर हुदै आफ्नो आफ्नो धर्म, भाषा, सस्कृतीलाई र पुरतात्विक सम्पदालाई लोप हुन बाट बचाई एक पुरतात्विक सास्कृतिक देशको रुपमा विश्वमा नाम राख्नु पर्छ।

    साच्चि, अस्ति एक जना मेरो आफन्त राजनितिक दलका नेता भेट्दा  सुने मैले त त्यहाँ कुनै ठाऊँको गैर आवासीय नेपाली संघको सभापति  भएको छस रे,अब चाडै नै ठुलो नेता हुदै छस रे खुशी लाग्यो, यसमा तलाई धेरै धेरै बधाई तथा शुभकमाना,  सधा अलपत्र परेका, दु:खमा परेका,समस्या परेका नेपाली दाजुभाईको साहारा हुनु, दुखी नेपाली दाजुभाईहरुको लेविको पैसाले आफ्नो स्वार्थ पुरा हुने काम  नगर भन्ने सुझाब दिन चाहन्छु।


    अन्तमा साथी खै यो मेरो पत्रले मन छुन्छ छुदैन थाहा छैन आशा छ तैले मलाई फोन गर्ने छस। त्यो देखावाटी  संसार छोडी आफ्नो स्वर्ग जस्तो ठाऊमा फर्की ७० काटेका बुबाआमा सहारा,भाऊजूको साथ अनि छोराछोरीको माया ममताले स्वर्गको अनुभूती हुनेछ तेरो संसार। आ

    ज भोलि त गाऊमा पनि चिल्लो बाटो, प्रसस्त सिन्चाई, बैज्ञनीक कृषी प्रणालीको बिकास, कृषिक लाई कृषी अनुदान  र अन्य  सेवा सुबिधाको बिकास भएको छ।

    आउ साथी अब यही धर्तीमा हाम्रो मिहेनत,बिबेक र परिश्रम गरी आधुनिक कृषी तथा अन्य कार्य गरी त्यहा १६ घण्टा खटिनुको सट्टा यहि ८ घण्टा काम गरेर सुन फलाई स्वर्ग जस्तो बिकसीत शिक्षित सामाज बनाउनु पर्छ र त्यही स्वर्गमा हामी  बस्नुपर्छ।

    साथी जिबन अमुल्य छ बेला मा बिचार गरेर देखावटी रमाईलो भएको नर्क भन्दा आफ्नो मातृभुमी स्वर्ग रोज्ने छस भन्दै छिट्टै सम्पर्क गर्ने आशाका साथ यो एउटा साथिको गुनासो, दुखेसो,र सुझाब सम्झिनेछस भनि यो कलमलाई यहाँ बिट मार्न चहान्छु।

    धन्यबाद। 

     उहीँ तिम्रो शुभचिन्तक साथी 
     सोचेन्द्र खनाल हमाल
    भानु,६,चुदी, टुहुरे पसल तनहुँ

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २ २०७७०४:१५:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology