आज हावाहुरीसहित वर्षा र हिमपात हुने पूर्वानुमान

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र १४, २०७६

नेपाटप

काठमाडौं – आज शुक्रवार देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी र हिमपात हुने पूर्वानुमान गरिएको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको असरले शुक्रवार देशका केही ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने तथा हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् ।

नेपाल लाइफ

उनका अनुसार मध्य र पूर्वको तुलनामा पश्चिम क्षेत्रमा धेरै पानी पर्नेछ तर पश्चिमी निम्न चापीय प्रणाली मध्य हुँदै पूर्वमा सर्ने भएकाले दिउँसोपछि काठमाडौंसहित मध्य क्षेत्रको मौसम पनि बदली भइ चट्याङ र हावाहुरीसहित पानी पर्ने उनले जनाएका छन् ।

शुक्रवार बेलुकीसम्ममा पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । यो प्रणाली पूर्व हुँदै नेपालबाट बाहिरिने भएकाले शनिवारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानाङ्गको अनुमान रहेको छ ।