चिनले चेक रिपब्लिकलाई पठाएको कोरोना परीक्षण किट नक्कली रहेको खुलासा !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र १२, २०७६

नेपाटप

काठमाडौँ- चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्धारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको खुलासा गरेको छ ।

चेक रिपब्लिकको वरिष्ठ पत्रकार विल ह्याटनले उक्त समाचारलाई टवीट् मार्फत चीनद्धारा पठाइएको किटले गलत नतिजा दिने गरेको खुलासा गरेका हुन् ।

नेपाल लाइफ

चेक रिपब्लिकलाई काम नलाग्ने किट पठाएको कुराको चर्चा नेपाली वृतमा पनि हुन थालेका छन् । आजै मात्र चीनले नेपाललाई पनि कोरोना परिक्षणको २ हजार किटहरु पठाएको छ ।

चेक रिपलिब्कमा जस्तै नेपालमा पनि उक्त किटहरुले सही नतिजा नदेखाउने हो कि भन्दै धेरै मान्छेहरुले चिन्ता व्यक्त गर्न थालेको छ ।