कोरोना नियन्त्रणमा सघाएकोले चीनद्धारा भारतलाई धन्यवाद ज्ञापन

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र १२, २०७६

नेपाटप

नयाँ दिल्ली – नयाँ दिल्लीस्थित चीनियाँ राजदुतावासका प्रवक्ता जी रोंगले एक वकतव्य जारी गर्दै भारतलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

उनले भारतले चीनमा कारोनासम्वन्धि मेडिकल सामाग्री निरन्तर पठाएकोले धन्यवाद ज्ञापन गरेका हुन् ।

नेपाल लाइफ

उनले भारत र चीन कारोना नियन्त्रणको दौरान निरन्तर संवाद र सम्पर्क रहेको जनाउँदै चीनियाँ जनतालाई कोरोनाको महाव्याधीसँग लड्न भारतको खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

वकतव्यमा रोंगले भारत र चीन व्रिक्स, जी २० लगायतका फोरमहरु एकै साथ रहेको भन्दै भारत र चीनको सहकार्य जारी रहने बताएका छन् ।

उनले भारतीय जनता कोरोनाको विरुद्धको लडाईंमा सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना समेत व्यक्त गरेका छन् ।