साँझपख भूकम्पको धक्का, सर्वसाधारण त्रसित

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र १२, २०७६

नेपाटप

काठमाडौं – बुधबार साँझपख धादिङमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार साँझ साढे ६ बजे धादिङको मार्पाक केन्द्रबिन्दु बनाएर भूकम्प गएको पुष्टि गरेको छ ।

नेपाल लाइफ

केन्द्रका अनुसार भूकम्प ४ म्याग्निच्यूडको रहेको थियो ।

भूकम्पको धक्का थाहा पाएपछि स्थानीय वासिन्दा त्रसित भएर घरबाट बाहिर निस्किएका छन् । केही दिनअघि पोखरामा भूकम्पको धक्का महसुस भएको थियो ।