कोरोना भाइरसले बिश्व तरंगित, चिनियाँ आयातबिना बाँच्न सिक्नुपर्ला कि प्रधानमन्त्री ज्यु ?

मिडिया डबली प्रकाशित : मङ्लबार, फाल्गुन २०, २०७६

नेपाटप

काठमाडौँ-  कोरोना भाइरसको प्रकोप यतिबेला चीनसहित विश्वभर देखिएको छ । चीनसहित विश्वभर कोरोनाका कारण ३ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

मुख्यगरी चीनको हुबेई प्रान्तको राजधानी वुहानमा बढि असर पारेको यो स्वास्थय प्रकोप वुहान र राजधानी बेइजिङ सहित झेजियाङ, शाङडोङ, आन्हुई, जियाङ्शी हेनानलगायतका प्रान्तमा समेत फैलिएको छ ।

नेपाल लाइफ

चिनियाँ राष्ट्रपति सी जिङपिङ तथा प्रधानमन्त्री ली केचियाङ सहितका नेताहरुले यो स्वास्थ्य प्रकोपसँग जुध्नका लागि विभिन्न बैठकहरुको समेत आयोजना गरेका छन् । सार्वजनिक व्यवस्था कायम गर्नका लागि त्यहाँको कम्युनिष्ट पार्टीले ठूलो संख्यामा जनमुक्ती सेनाका साथै स्वाथ्यकर्मीहरु समेत परिचलन गरेको छ ।

यसलाई रोक्नका लागि चीन सरकारले मानिसहरुलाई आवतजावतमा बन्देज गर्ने, बाहिर निस्कन नदिने भेला हुन नदिने लगायतका कदमहरु उठाएको छ ।

चिनियाँ जनताहरुमा भने चीन सरकारको यस्तो कामले ठूलो समस्या उत्पन्न गरिदिएको छ । उनीहरुको जनजीवन नै अस्तव्यस्त बन्न पुगेको छ भने मानिसहरु सामान्य खानेकुरा किन्नका लागि घरबाहिर समेत निस्कन पाएका छैनन् ।

अन्तर्राष्ट्रिय विद्यालयमा अध्ययनरत विद्यार्थी एवं त्यहाँ काम गर्ने कामदारको स्वास्थ्य विवरण समेत मागिएकाले त्यहाँको अवस्था अत्यन्त जटिल रहेको स्पष्ट हुन्छ ।

कोरोनाभाइरसबाट जोगिनका लागि अत्यावश्यक पर्ने मास्क, चश्मा पञ्जा लगायतका सामान कि त पाइनै छाडेका छन् कि त निकै थोरै मात्र उपलब्ध छन् । सामान्य तरिकाबाट भाइरस रोक्ने कदम प्रभावकारी हुन नसकेपछि चिनियाँ अधिकारीले पूरै शहरलाई नै ठप्प पार्ने, बजार पसल बन्द गर्ने र मानिसहरुको आवतजावतलाई नै नियन्त्रण गर्ने कदम उठाउन पुगेको छ ।

यस्ता निर्देशन र आदेश नमान्नेलाई ठाउँको ठाउँ सजाय दिइएका घटना पनि सार्वजनिक हुने गरेका छन् । चीनले विभिन्न मुलुकहरुलाई आफ्ना नागरिकलाई स्वदेश फर्काउन आह्वान समेत गरेको छ ।

यद्यपि पाकिस्तान लगायतका मुलुकले आफ्ना नागरिक फर्काएका छैनन् । यसकारण चीनले भविष्यमा आफ्नो मुलुकमा विदेशी विद्यार्थी आकर्षित गर्न संघर्ष गर्नुपर्ने स्पष्ट छ ।

यतिबेला यो भाइरसको प्रकोप चीनमामात्र नभई विश्वभर फैलिसकेको छ । अमेरिका, बेलायत, दक्षिण कोरिया, इरान, नेपाल, भारत, मलेशिया, इटाली, अस्ट्रेलिया सहित यसको संक्रमण करिब ७० वटा मुलुकमा देखिसकेको छ ।

विभिन्न मुलुकहरुले चिनियाँ नागरिकलाई प्रवेशमा प्रतिबनध लगाइसकेका छन् । त्यतिमात्र नभई कोरोनाभाइरसको भयका कारण दक्षिणपूर्वी एवं पूर्वी एशियाली विभिन्न मुलकमा चिनियाँ नागरिकलाई रेष्टुरेन्ट तथा अन्य व्यावसायिक क्षेत्रमा प्रवेश गर्न समेत दिइएको छैन ।

चीनका विभिन्न क्षेत्रमा विद्यालय लामो समयका लागि बन्द गरिएको छ भने व्यवसायिक संस्थाहरुलाई पनि बन्द रहन आह्वान गरिएको छ । विद्यार्थीहरुलाई घरमै बसेर अध्ययन गर्न आह्वान गरिनुले कोरोनाको यो प्रकोप चाँडै टुंगिनेमा आशंका उत्पन्न भएको छ ।

यस्ता कदमका कारण चिनियाँ कम्युनिष्ट पार्टीप्रति आक्रोश र आलोचना बढदै जान थालेको छ । प्रकोपको स्तरबारे शुरुमै पत्तो नपाउनु र निकै ढिला गरी यसविरुद्ध कदम चाल्नुले कम्युनिष्ट पार्टीको विश्वसनीयता मै प्रश्नचिह्न खडा गरिदिएको छ ।

यस्तै, चिनियाँ कम्युनिष्ट पार्टीले स्वास्थ प्रकोपका कारण भएको मानवीय क्षतिको विवरण सार्वजनिक गर्दा पारदर्शीता नअपनाएको भन्दै सामाजिक सञ्जालमा समेत चीनविरोधी सन्देशहरु देखिन थालेका छन् ।

आर्थिक विकासको महत्वकांक्षा, मानव संयन्त्र र श्रोत साधनका हिसाबमा चीनको विश्वव्यापी प्रभावका कारण यो प्रकोप नियन्त्रण गर्नका लागि चीनलाई निकै ठूलो चुनौति आइपरेको छ ।

कोरोनाभाइरसका कारण राष्ट्रिय लज्जा त छँदैछ, यसले चीनको आर्थिक वृद्धिलाई समेत नकारात्मक असर पारेको छ । चिनियाँ प्रधानमन्त्री ली केचियाङकै शब्दमा चीनले यो संकटको घडीमा सामाजिक स्थायीत्व कसरी लागू गर्न सक्छ त्यो भने यो संकट पार भएपछि स्पष्ट हुनेछ । त्यसबेलासम्मका लागि मुलुकहरुले चिनियाँ आयातबिना बाँच्न सिक्नुपर्ने हुनसक्छ ।