पोखरामा बम विस्फोट, कस्तो छ अबस्था ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, कार्तिक २१, २०७६

नेपाटप

पोखरा –  मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ ।

प्रहरीका अनुसार पोखराको टुरिष्ट बसपार्कमा अज्ञात समुहले बम विष्फोट गराएको जनाइएको छ । बसपार्कमा अज्ञात समूहले बम विष्फोट गराए लगत्तै प्रहरी घटनास्थल पुगेको जनाइएको छ ।

नेपाल लाइफ

अहिले बम विष्फोट भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ डिएसपी केसीले बताए ।