यी हुन् महराभन्दा शक्तिशाली यौन पिपासु कम्युनिष्ट नेता, जसको काण्डनै गुपचुप (प्रमाणसहित)

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, कार्तिक ३, २०७६

नेपाटप

काठमाडौं– पछिल्लो केही समय यता विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूका कर्तुत बाहिर आइरहेका छन् ।

कोही ज्यान मारेको अभियोगमा समातिएका छन् त कोही यौनकाण्डमा । यीनै मध्येका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले प्रहरी हिरासतमा छन् । उनको बयान चलिरहेको छ ।

नेपाल लाइफ

महरा मात्रै होइन सत्तारुढ दल नेकपाका अर्का एक नेताको यौनकाण्ड समेत अहिले बाहिर आएको छ । नेकपा कैलाली पार्टी अध्यक्ष रतन थापाको यौन काण्ड बाहिरिएको हो ।

परस्त्रीसँग गरेको अश्लील फोन संवाद बाहिरिएपछि उनी अहिले चर्चामा छन् । डार्लिङ भन्दै थापाले ती महिलालाई बोलाएका छन् । उनले आफ्नो उनीभन्दा अरु कोही साथी नभएको भन्दै लामो फोन संवाद गरेका छन् ।

थापा र ती महिला दुवै विवाहित हुन् । सुदूरपश्मि प्रदेश सभाका सदस्य समेत रहेका थापाले मदिरा पिएर फोन गरेका हुन् । थापाले ती महिला अर्बपति भएको र आफूले बोलाएको बेला हवाइजहाजको टिकट काटेर भेट्न आउने गरेको समेत बताएका छन् ।

सांसद थापाका दुईवटी श्रीमती र पाँच सन्तान छन् । जेठीलाई अलपत्र पारेर कान्छीलाई विवाह गरेको आरोप थापालाई लाग्दै आएको थियो ।

फोन संवादमा महिलाले रक्सी खाएको बेला मात्रै याद आयो भनेर नहुने भन्दै व्यवहारमा पनि देखाउनु पर्ने बताएकी छन् ।

सांसद थापाकी कान्छी श्रीमती पनि राजनीतिमै छन् । गत स्थानीय तहको निर्वाचनमा उनी लम्की चुहा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।

सुन्नुहोस् अडियो