ओली सरकारको जोडजाम खोलाले बगायो, आवतजावत ठप्प

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ १, २०७६

नेपाटप

चितवन – पूर्वी नवलपरासीको अरुणखोलाको पुल ट्रकको ठक्करबाट लच्किएपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यातायात सुचारु गर्न जोडजाम गरेर अस्थायी डाइभर्सन बनायो । त्यो अस्थायी डाइभर्सनले समेत काम नदिने भएको छ ।

आईतबार आएको बाढीले ओली सरकारको जोडजाम बगाएको छ । बाढीले जोडजाम बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आईतबार साँझ साढे ६ बजे आएको बाढीले डाइभर्सन बगाएको हो ।

नेपाल लाइफ

पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एकतर्फी भागमा ठक्कर दिँदा पुल भाँचिएको थियो ।

डाइभर्सन बगेपछि बुटवल हुँदै पश्चिम जाने र पूर्वतर्फ आउने सवारीसाधन र यात्रु अलपत्र परेका छन् । पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा ठप्प भएको नवलपुर प्रहरीले जनाएको छ ।

भासिएको पुलबाट पैदल, साइकल यात्री र मोटरसाइकल यात्रीलाई मात्रै हिँड्न दिइएको थियो । ठूला सवारी डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएका थिए । पुलको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निरीक्षण गरेका छन् ।