भारतीय विदेशमन्त्रीलाई भेटेर केपी ओली सिधै सिंगापुर जाने, स्वास्थ्य खराब !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ १, २०७६

नेपाटप

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेर उपचारका लागि सोझै सिंगापुर जाने भएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकर भदौ ४ गते बुधबार काठमाडौं आउन लागेका छन् भने ओली सिंगापुर जाने कार्यक्रम त्यसको भोलिपल्ट तोकिएको छ ।

नेपाल लाइफ

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आउने भएका हुन् । संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् । बैठकमा द्वीपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, ऊर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुनेछ ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य अवस्था कमजोर रहेका ओली जयशंकरलाई भेटेको भोलिपल्टै सिंगापुर जान लागेका छन् । ओली केही दिनअघि मात्रै उपचार गरेर सिंगापुरबाट स्वदेश फर्किएका थिए । सिंगापुरमा गरिएको उपचारले काम नगरेपछि ओली फेरि विदेश जान लागेका छन् ।