‘हाई प्रोफाइल’ हत्याकाण्डमा सुरक्षा गार्ड पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ १, २०७६

नेपाटप

काठमाडौं – राजधानीमा ‘हाई प्रोफाइल’ पूर्व राजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले सुरक्षा गार्ड कान्छाराज तामाङलाई पक्राउ परेका छन् ।

तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।

नेपाल लाइफ

तामाङविरुद्ध झा पत्नीले काठमाडौं प्रहरी परिसर टेकुमा किटानी जाहेरी समेत दिएकी छन् । गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या गरिएको थियो ।

त्यतिबेला अनुसन्धानका लागि सुरक्षा गार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो । पक्राउ परेका व्यक्तिविरुद्ध प्रमाण फेला नपरेपछि सबै छुटेका थिए ।

उतिबेला सुरक्षा गार्डको पोलिग्राफ परीक्षणमा उनले झूटो बोलेको पाइएको थियो । उनै गार्डलाई पुनः पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।