जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिने घोषणा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, साउन २८, २०७६

नेपाटप

काठमाडौं – हिन्दू नेपालीले आस्थाका साथ मनाउने जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोक जिल्लाको एक स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल लाइफ

आईतबार बसेको ६५ औं कार्यपालिकाको बैठकले साउन ३० गते रक्षा बन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

जनैपूर्णिमा पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरू पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टासी लामाले जानकारी दिएका छन् ।

गाउँपालिकाले बिदा दिएपनि अन्य स्थानीय तहमा भने बिदा हुने छैन । देशभर सार्वजनिक बिदा हुने गरी समेत कुनै निर्णय भएको छैन ।