ललितपुरमा चिकित्सकनै देखाए हर्कत, युवती चालिन यस्तो कदम !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, साउन २७, २०७६

नेपाटप

ललितपुर – ललितपुर जिल्लामा आँखा जचाउन क्लिनिक गएकी एउटी युवतीमाथि चिकित्सकले नै यौन दुर्व्यवहार भएको छ । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सकलाई ललितपुर प्रहरीले पक्राउ परेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती चिकित्सकलाई ललितपुरबाट पक्राउ गरेको जनाएको छ । युवती र चिकित्सकको नाम गोप्य राखिएको छ ।

नेपाल लाइफ

साउन २२ गते पक्राउ परेका चिकित्सकमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताएका छन् ।

आँखा रोगका चिकित्सकको क्लिनिकमा जाँचउन गएकी युवतीले परिसरमा जाहेरी दिएको चिमरियाले बताए । प्रहरीका अनुसार पक्राउ परेका चिकित्सकमाथि अनुसन्धान भइरहेको छ । उनले आरोप अस्वीकार गरेका छन् ।

प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण र उनको बयान तथा सबुत संकलन गर्ने काम भइरहेको बताएको छ । ‘अनुसन्धान भइरहेकाले यसबारे अहिले थप भन्न मिलेन’, चिमरियाले भनेका छन् ।