रवि लामिछाने फस्ने गरी आयो प्रहरीबाट सूचना, खतराको घण्टी घन्कियो !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, साउन २४, २०७६

नेपाटप

भरतपुर – पत्रकार शालिकराम पुडासैनीको चितवनमा गएपछि मृत्यु भएको प्रकरणमा तानिएका सञ्चारकर्मी रवि लामिछानेमाथि खतराको घण्टी बजेको छ ।

हुन त विवाद र लामिछाने एकअर्काका पर्याबाची नै बनेका छन् । लामिछानेबाट पीडितहरूको संख्या पनि ठूलै छ । पीडितभन्दा पनि लामिछानेका सामाजिक सञ्जालमा समर्थक धेरै छन् ।

नेपाल लाइफ

जनआस्था साप्ताहिक र त्यसका मालिक एवं सम्पादक किशोर श्रेष्ठलाई समेत ठेगान लगाउने हैसियत राख्ने लामिछानेलाई पुडासैनी काण्डले तनाव बनाइदिएको छ ।

पत्रकार पुडासैनी र लामिछानेबीच आर्थिक लेनदेनको विषयलाई लिएर आत्महत्या काण्ड भएको चर्चा छ । त्यति मात्रै होइन, एक जना युवतीलाई विवाह गर्न दबाब दिएको आरोप पनि लामिछानेलाई लागेको छ । पुडासैनीको भेटिएको भनिएको भिडियोमा लामिछानेलाई धेरै आक्षेप लगाएको चर्चा छ ।

लामिछानेकै निर्देशनमा पुडासैनी बारा र पर्सासम्मका मालदार जिल्लाहरूमा पुगेर रिपोर्टिङ गर्ने गरेका थिए । पुडासैनी र लामिछानेकै कारण धेरैले जागिर गुमाउनेदेखि खाइपाई आएको सुविधा छाड्नु परेका छन् ।

पुडासैनी प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको साथमा रहेको मोबाइल नेपाल प्रहरीको डिजिटल ल्याबमा परीक्षणका लागि पठाएको छ, त्यहाँ मोबाइल चेकजाँच हुनेछ । मोबाइलमा भेटिएको अडियो, भिडियो र च्याटका विभिन्न पक्षको अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले पुडासैनीको मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको हो ।

डिजिटल ल्याबको रिपोर्टका आधारमा प्रहरीले पत्रकार पुडासैनी प्रकरणको अनुसन्धान गर्नेछ । डिजिटल ल्याबमा पुडासैनीले आरोप लगाएका विभिन्न व्यक्तिसँगको च्याट, अडियो र भिडियोको विषयमा सुक्ष्म अध्ययन हुनेछ । सोही रिपोर्टका आधारमा प्रहरीले अनुसन्धान गर्ने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् ।

टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्नेछ । आवश्यक देखिएमा काठमाडौंबाट टेक्निकल टोली चितवन बोलाउन सकिने प्रहरीले जनाएको छ ।

पुडासैनी प्रकरणमा सञ्चारकर्मी लामिछानेमाथि ज्यान दिनका लागि दुरुत्साहनमा अनुसन्धान हुनेछ । पुडासैनीको मोबाइलमा फेला परेका भिडियो र अडियो अनुसार लामिछाने अनुसन्धानमा तानिने भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले घटनाको प्रारम्भिक विवरण प्रहरी प्रधान कार्यालयमा पठाएको छ । मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा सञ्चारकर्मी लामिछाने र दीपक बोहराले धेरै नै तनाव दिएको आरोप छ ।

ती महिलालाई विवाह गर्न बाध्य पार्ने वा जबरजस्ती करणी गरेको आरोप लगाउने धम्की दिएपछि आफूले ज्यान फाले पुडासैनीको भिडियो सन्देशमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् । सञ्चारकर्मी लामिछानेले आफ्नो कारणले पुडासैनीले नदिएको दाबी गरेका छन् ।

बुधबार फेसबूकमार्फत लामिछानेले घटनाका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । लामिछानेले पुडासैनीले एक गल्ती गरेको आरोप पनि लगाएका छन् ।

पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको छ । पुडासैनीको बुधबार बेलुकी अन्त्येष्टि गरिएको छ । भिडियो पाउनुअघि पुडासैनीको ज्यान कसैले लिएको आशंका गरिएको थियो ।

भिडियो हेरेपछि पुडासैनीलाई ज्यानफाल्नका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरूले शव बुझेर अन्त्यष्टि गरिएको परिवारले जनाएको छ । पत्रकार पुडासैनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनमा आबद्ध भएका थिए ।

पुडासैनी काण्डसँगै सञ्चारकर्मी लामिछाने र पत्रकार दीपक बोहराका बारेमा छानबिन गर्नुपर्ने माग उठेको छ । लामिछाने र बोहराको सम्पत्तिको छानबिनको माग पनि सामाजिक सञ्जालमा उठेको छ ।

आदर्शका कारा गरेर दुनियालाई धम्काउँदै आएको आरोप लागेका लामिछाने र बोहराको लिभिङ स्ट्याण्डर ह्वात्तै बढेको छ । उनीहरूको सम्पत्ति पनि बढेको छ । उनीहरूको बैंक खातादेखि आय स्रोतको छानविन गर्न माग उठेको हो ।

पत्रकार बोहराले चढ्दै आएको गाडीका विषयमा पनि सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।

पुडासैनी काण्डसँगै पत्रकार बोहराले चितवनको सौराहमा रहेको फरेष्ट रिसोर्ट होटेललाई धम्की दिएको चर्चा पनि हुन थालेको छ । होटेलमा भाईलाई लिएर गएका बोहराले २२ हजार बिल तिर्न अनाकानी गरेका थिए ।

लामिछाने र बोहराको टेलिभिजन कार्यक्रमलाई फरेष्ट रिसोर्टले ठूलो सहयोग गरेको थियो । पछि बोहराले रिसोर्टलाई धम्काएको चर्चा सौराहमा छ ।

लामिछाने र बोहराका विरूद्व प्रहरीका साथै न्यायिक निकायहरूमा थुप्रै उजरी छन् । तर उनीहरूविरूद्व कारबाही चलाउन ती निकाय डराउने गरेको चर्चा हुँदै आएको छ ।